पाथीभरा क्याम्पसमा शेर्पा विद्यार्थीको इकाइ समिति
ताप्लेजुङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा नेपाल शेर्पा विद्यार्थी सङ्घको इकाइ समिति गठन भएको छ । पाथीभरा बहुमुखी क्याम्पसमा सर्गम शेर्पाको अध्यक्षतामा इकाइ समिति गठन भएको हो ।
पाथीभरा क्षेत्रमा सरसफाइ र वृक्षरोपण
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा सरसफाइ र वृक्षरोपण गरिएको छ । आउँदो असोज दोस्रो साता आयोजना गर्न लागिएको पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव २०७९ लाई लक्षित गरी पाथीभरा क्षेत्रमा सफाई र वृक्षारोपण गर्न थालिएको हो ।
टोलभरका बालबालिका बिरामी
पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ३ को एउटा टोलका सबै बालबालिकामा ज्वरो र रुघाखोकीको सङ्क्रमण देखिएको छ। स्थानीय साम्रे आधारभुत विद्यालयको सेवा क्षेत्रमा पर्ने साम्रे टोलका ३५ जना बालबालिका एकैसाथ बिरामी भएपछि त्यहाँको स्वास्थ्य शाखाले बुधबार विद्यालयमै पुगेर उनीहरूको स्वास्थ्य परीक्षण गरेको छ।
धितो पास भनी राजीनामा पास गरेपछि गुरुङ छ वर्षदेखि बिचल्ली
मोरङको कानेपोखरी –५ की ६० वर्षीया पल्पना गुरुङ ६ वर्ष देखि आफूलाई ठगी गरी जग्गा राजीनामा पास गरी लिएका धरान १६ का भूपेन्द्र लिम्बूको खोजीमा हुनुहुन्छ ।
अरुण तेस्रो प्रसारण लाइन बन्न ढिलाइ
४०० केभी क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा विवाद भएपछि सङ्खुवासभामा प्रसारण लाइन निर्माण हुन सकेको छैन । प्रसारण लाइन विस्तार हुने सात जिल्लामध्ये छ जिल्लामा मुआब्जा वितरण गरी काम सुरु भइसके पनि सङ्खुवासभामा प्रसारण लाइन निर्माणमा विवादका कारण काम सुरु हुन नसकेको हो । जनगुनासो आएपछि जिल्ला समन्वय समितिले सरोकारवालासँग छलफल आयोजना गरेको थियो । कार्यक्रममा सहभागीले अरुण तेस्रो परियोजनाबारे असन्तुष्टि व्यक्त गरेका थिए ।
जग्गा विवादले सिँचाइ आयोजना सम्पन्न भएन
जग्गा विवादका कारण खोटाङको एक सिँचाइ आयोजना निर्धारित मितिमा सम्पन्न हुन सकेन। जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६, छितापोखरीस्थित टुवाखोला मुहान रहेको लोकतान्त्रिक सिँचाइ आयोजनामा जग्गा विवाद हुँदा समयमै सम्पन्न हुन नसकेको हो। योजना सम्पन्न भएको भए दिप्रुङ चुइचुम्मा गाउँपालिकाका बतासे, सछितापोखरी र छितापोखरी गरी तीन वडाका खेतमा सिँचाइ सुविधा पुग्ने थियो।
विद्यालयको बाटैमा बित्छ चार घण्टा
सरकारले बर्सेनि सुलभ र सहज तरिकाबाट बालबालिकालाई शिक्षा उपलब्ध गराउन विभिन्न कार्यक्रम तथा नाराहरू तय गर्ने गरेको छ । ग्रामीण क्षेत्रका बालबालिकाका लागि ती नारा नारामै सीमित बन्ने गरेका छन्। उनीहरू घण्टौँ टाढाका विद्यालय धाएर शिक्षा लिन बाध्य छन्। धनकुटाको साँगुरीगढी गाउँपालिका–७, आस्कोटका अर्पण राई करिब दुई घण्टा टाढाको स्कुलबाट शिक्षा लिन बाध्य हुनुहुन्छ। उहाँ सोही वडाको महाभारतस्थित गोलखाडी माविको कक्षा–९ मा अध्ययनरत हुनुहुन्छ। दैनिक करिब चार घण्टाभन्दा बढी समय त उहाँको स्कुल आउन जानमै बित्ने गरेको छ। उहाँ सँगसँगै सोही गाउँबाट दैनिक करिब ३० जना विद्यार्थी विद्यालयको लागि दैनिक चार घण्टा धाउन बाध्य छन्। “नजिकै स्कुल छैन, त्यसैले दैनिक करिब चार घण्टा धाउन बाध्य छौँ,” राई भन्नुहुन्छ।
६२ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मोरङको कानेपोखरीका ६२ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्नुभएको छ ।
मोरङमा ३६ भूमिहीन दलित र सुकुम्वासी घरपरिवारलाई लालपुर्जा वितरण
भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मोरङको कानेपोखरी गाउँपालिकामा भुमिहीन सुकुम्वासी र दलित गरेर ३६ वटा लालपूर्जा वितरण गर्नु भएको छ ।
ओखलढुङ्गामा पाँच जनाले त्यागे नेपाली नागरिकता
शेरबहादुर राईओखलढुङ्गा, भदौ २९ गते । ओखलढुङ्गामा पाँच जनाले नेपाली नागरिकता त्यागेका छन् । जिल्लामा पाँच वर्षको अवधिमा पाँच जनाले नेपाली नागरिकता त्यागेका हुन् ।जिल्ला प्रशासन कार्यालय, ओखलढुङ्गाको तथ्याङ्कअनुसार २०७४ साल यता पाँच जनाले नागरिकता त्याग्नुका साथै सात जनाको नागरिकता रद्ध गरिएको छ । हालसम्म दुई महिला र तीन पुरुषले नागरिकता त्यागेको सहायक प्रमुख जिल्ला अधिकारी सन्ध्या सिग्देलले जानकारी दिनुभयो । विभिन्न देशमा गएर उतैको नागरिक भएका अधिकांशले नेपाली नागरिकता त्यागेको सिग्देलको भनाइ छ । दोहोरो नागरिकता लिएका तथा गलत विवरण भरिएका नागरिकताहरु पनि रद्ध गरिएको जिल्ला प्रशासन कार्यालय, ओखलढुङ्गाले जनाएको छ ।
जग्गाधनी पुर्जा छिटो वितरण गर्न कसरत
झापाका स्थानीय तहहरुले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासिको तथ्यांक संकलन तथा निस्सा बितरण गर्दै चाँडो जग्गाधनी पूर्जा बितरणका लागि कामलाई तिब्रता दिएका छन् ।
बजारमा कुहिएको माछा विक्री वितरण
झापाको बिर्तामोडमा भारतबाट मरेका माछाहरू ल्याएर बिक्री गर्ने गरेको पाइएको छ । चाडपर्वको समयमा हुन सक्ने ठगी नियन्त्रणका लागि सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेसहितको टोलीले बजार अनुगमन गर्दा यस्तो पाइएको हो ।
स्वास्थ्य संस्थामा औषधि अभाव
निःशुल्क रूपमा वितरण गर्ने औषधिको अभाव भएपछि सुनसरीको इनरुवा नगरपालिकाका वडामा रहेका स्वास्थ्य संस्थामा आउने सेवाग्राही रित्तो हात फर्कन बाध्य भएका छन्। ग्रामीण क्षेत्रमा मात्रै नभई जिल्ला सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रभित्र रहेका १० वटै स्वास्थ्य संस्थामा निःशुल्क वितरण गर्ने औषधि अभाव भएकाले सेवाग्राही मारमा परेका छन्। मङ्गलबारमात्रै इनरुवा नगरपालिका–९, बबियाकी भोलादेवी यादव आफ्नो पाँच वर्षीय नाति गौरव यादवलाई पखाला र ज्वरो लागेकोले उपचार गराउन बबिया स्वास्थ्य चौकी पुग्नुभयो तर स्वास्थ्यकर्मी बाहेक औषधि कुनै पनि पाउनुभएन।
आमाको स्मृतिमा अक्षयकोष
पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा १ नवमीडाँडाकी निर्मला आङदेम्बेले आफ्नी स्वर्गीय आमाको स्मृतिमा ५१ हजार १ सय ५५ रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।
प्रदेश १ मा डेङ्गुको प्रभाव बढ्दो
प्रदेश १ मा ३२० जनालाई डेङ्गु सङ्क्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार अहिलेसम्म पहाडका जिल्लामा यसको प्रभाव बढी देखिएको हो। तथ्याङ्कअनुसार सबैभन्दा बढी तेह्रथुम जिल्लामा ११० जना, सङ्खुवासभामा ६६ जनामा देखिएको छ। यसैगरी झापा र भोजपुरमा २४÷२४ जना, मोरङमा १९ जना, ताप्लेजुङ १६, धनकुटा १८, पाँचथर र सोलु तीन÷तीन जना, उदयपुर नौ जना र सुनसरीमा २८ जनामा डेङ्गु सङ्क्रमण भेटिएको छ।
चिकित्सकलाई प्रोत्साहन भत्ता
पहाडी जिल्लामा स्वास्थ्य सेवालाई चुस्त बनाउन चिकित्सक आकर्षित गर्ने उद्देश्यले प्रदेश सरकारले सुविधासहित प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ। सरकारले चिकित्सकलाई पहाडी जिल्लाका अस्पतालमा परिचालन गर्न ‘विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्तासम्बन्धी कार्यविधि–२०७९ कार्यान्वयनमा ल्याएको हो।
बीस वर्षमा तीस प्रतिशत काम
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–७, गार्मामा विगत बीस वर्षदेखि निर्माणाधीन नेपाल पर्वतीय प्रतिष्ठानको काम करिब तीस प्रतिशत मात्र भएको छ। कछुवाको गतिमा काम भएपछि नवनिर्वाचित वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाको नेतृत्वमा स्थानीयले मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन्। बजेट अभावमा वर्षौँदेखि निर्माण कार्यले गति लिन नसकेको तथा गुरुयोजनाअनुसार समेत काम नभएकाले बजेट व्यवस्थापन गरी गुरुयोजना अनुरुप कामअघि बढाउन प्रतिष्ठानका कार्यकारी निर्देशक रुद्रप्रसाद चौलागाईंमार्फत मन्त्रालयलाई ध्यानाकर्षण गरिएको वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले बताउनुभयो।
पहिरोले अवरुद्ध मेची राजमार्ग खुल्यो
पहिरोले अवरुद्ध मेची राजमार्गको फिदिम ताप्लेजुङ सडकखण्ड खुलेको छ । मङ्गलवार बिहानैदेखि अवरुद्ध सडक दिउँसो १ बजेपछि खुलेको हो ।
सोलुखुम्बुबाट माओवादीबाट उम्मेदवार सिफारिस
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सोलुखुम्बुले आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार सिफारिस गरेको छ ।
कञ्चनजङ्घा संरक्षण क्षेत्रमा चौँरी र याकको बीमा
हिउँ चितुवा र ब्वाँसो हिमपहिराका कारणले सधैँ ठूलो क्षति व्यहोरिरहेको ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रका किसानलाई चौँरी र याकको अबदेखि बीमा दाबी वापत क्षतिपूर्ति पाउने छन् ।
पहिरोले मेची राजमार्ग अवरुद्ध
निरन्तरको वर्षासँगै खसेको पहिरोले मेची राजमार्ग अन्तरगत फिदिम–ताप्लेजुङ सडक खण्ड अवरुद्ध भएको छ ।
प्लास्टिक टनेल र बीउ पाएपछि महिला उत्साही
बेमौसमी तरकारी खेतीका लागि प्लास्टिक टनेल र विभिन्न तरकारीका बीउ पाएपछि हाम्रो क्षेत्रका महिला तरकारी उत्पादनमा निकै उत्साही देखिएका छन्। सोलुदूधकुण्ड नगरपालिका–८, केरुङ, बाघखोरकी कृषक दाली शेर्पालाई यसले तरकारीमा आत्मनिर्भर बनाउनुका साथै आयआर्जनमा समेत सहयोग पुग्ने विश्वास छ।
आरक्षभित्रै संरक्षित वन्यजन्तुको किनबेच
विश्वमै दुर्लभ मानिएका अर्नासहित विभिन्न वन्यजन्तु र सयौँ प्रजातिका चराको संरक्षण स्थलको रूपमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रभित्रै संरक्षित वन्यजन्तुको चोरी सिकारी मात्र नभएर अवैध रूपमा किनबेचसमेत हुनेगरेको रहस्य बाहिरिएको छ। सुनसरी, उदयपुर र सप्तरी जिल्लामा फैलिएको अर्नाको राजधानी मानिने आरक्षमा पछिल्लो समयमा अर्नालगायतका वन्यजन्तुको चोरी सिकारीमा सङ्गठित गिरोह नै परिचालित भएर आरक्षभित्रै चोरी सिकारी गरी किनबेच हुने गरेको तथ्य फेलापरेको हो। बन्दुकलगायतका विभिन्न हातहतियारको प्रयोग गरी आरक्षभित्र वन्यजन्तुको चोरी
खोलामा विद्युत् प्रयोग गरी माछा मारे कारबाही
झापामा विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा सात जनाको मृत्यु भएको छ । गत वैशाखयता जिल्लाका विभिन्न स्थानमा विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।