शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                हरिप्रसाद कोइराला 
उर्लाबारी, मङ्सिर १० गते । संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेती मोरङको निर्वाचन क्षेत्र नं.२ (क) बाट  विजयी हुनु भएको छ ।
उप्रेतीले नेकपा (एमाले) का उम्मेदवार दानबहादुर बस्नेतलाई २५५ मतान्तरले हराउनु भएको हो । उप्रेतीले १४ हजार ९३३ मत प्राप्त गर्नुभएको छ भने बस्नेतले १४ हजार ६७८ मत प्राप्त गर्नुभयो ।
यसैगरी, राप्रपाका श्रीकान्त पौडेलले दुई हजार २४२, हाम्रो नेपाली पार्टीका केशव पौडेलले एक हजार २५९ र जनता समाजवादी पार्टीका प्रेमनारायण थापाले ७८८ मत प्राप्त गर्नुभएको छ ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                