• १२ साउन २०८१, शनिबार

मोरङ २ को प्रदेश सभा (ख) मा एमालेका लीलाबल्लभ अधिकारी विजयी

blog

लीला बल्लभ अधिकारी। फाइल तस्बिर

उर्लाबारी समाचारदाता

उर्लाबारी, मङ्सिर ९ गते। मोरङको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट नेकपा (एमाले) का लीलाबल्लभ अधिकारी विजयी हुनुभएको छ। 

प्रदेश नम्बर १ सरकारका पूर्वराज्यमन्त्री अधिकारी १७ हजार ५५२ मत ल्याएर विजयी हुनुभएको हो। अधिकारीले कांग्रेस उम्मेद्वार विनोद कार्कीलाई दुई हजार २०० मतले पराजित गर्नुभएको हो। कार्कीले १४ हजार ९५२ मत पाउनुभएको छ।