• १६ चैत २०८०, शुक्रबार

मोरङ १ (ख) मा एमालेका बस्नेत निर्वाचित

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, मङ्सिर १० गते । प्रदेश नं. १ को मोरङ निर्वाचन क्षेत्र १ (ख) मा नेकपा (एमाले) का नेता खड्गबहादुर बस्नेत निर्वाचित हुनुभएको छ । उहाँसँग संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा (एकीकृत समाजवादी) का नेता उपेन्द्रप्रसाद घिमिरे पराजित हुनुभयो ।

घिमिरे नेकपा (एमाले) का उम्मेदवार बस्नेतसँग ६६८ मतले पराजित हुनु भएको हो । बस्नेतले १४ हजार ५३१ मत ल्याउँदा घिमिरेले १३ हजार ८६३ मत प्राप्त गर्नुभयो । 

उत्तरी मोरङका केराबारी गाउँपालिका र लेटाङ नगरपालिका एवम् मिक्लाजुङ गाउँपालिकाका ३ वटा वडा रहेको मोरङ १ (ख) मा सात जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो । आज बिहान सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार राप्रपाका सन्तोष कार्कीले २ हजार ८४ मत, मङ्गोल नेशनलअर्गनाइजेसनका ओमनाथ लिम्बूले १ हजार ७२० मत ल्याउनुभयो ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कृष्णकुमार लिम्बूले १ हजार ७३ मत, राष्ट्रिय जनमुक्ति पार्टीका टङ्कबहादुर गुरुङले १४५ मत र स्वतन्त्र उम्मेदवार दीपक राईले ९११ मत प्राप्त गर्नुभयो ।