• १६ चैत २०८०, शुक्रबार

ओखलढुङ्गा प्रदेशसभा (क) मा कांग्रेस विजयी

blog

शेरबहादुर राई
ओखलढुङ्गा, मङ्सिर ७ गते ।
ओखलढुङ्गाको प्रदेशसभा क्षेत्र नं. (क) मा नेपाली कांग्रेसका प्रदिपकुमार सुनुवार विजयी हुनुभएको छ । सुनुवारले ३६० मतान्तरले विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अम्मिरबाबु गुरुङलाई ३६० मतले पछि पार्दै सुनुवार विजयी हुनुभएको हो । गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका सुनुवारले १४ हजार ९१६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का गुरुङले १४ हजार ५५६ मत ल्याउनुभएको छ ।

गुरुङ २०७४ सालमा ओखलढुङ्गा प्रदेश क्षेत्र (क) बाट विजयी भएर प्रदेश नं.१ को भौतिक पूर्वाधार मन्त्री समेत बन्नुभएको थियो ।