शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                विष्णुप्रसाद पोखरेल
दमक, मङ्सिर ७ गते । झापाको क्षेत्र नम्बर १ (ख) प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सबिना बजगाई निर्वाचित हुनुभएको छ। नेकपा (एमाले)को समर्थनमा बजगाई विजयी हुनुभएको हो।
गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) बाट उम्मेद्वार बन्नु भएका श्यामवीर लिम्बुलाई एक हजार ३८८ मतान्तरले पराजित गर्दै बजगाई विजयी हुनुभएको हो । बजगाईले १३ हजार ६१२ मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी लिम्बुले १२ हजार २२४ मत प्राप्त गर्नुभएको छ।
 
                                
                             
                                                -original-thumb.jpg) 
                                                            -(1)-square-thumb.jpg) 
                                                                 
                                                                -original-thumb.jpg) 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                