• ८ वैशाख २०८१, शनिबार

धनकुटाबाट एमालेका राजेन्द्रकुमार राई निर्वाचित

blog

धनकुटाबाट प्रतिनिधिसभामा निर्वाचित नेकपा (एमाले)का राजेन्द्रकुमार राईलाई प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत । तस्बिर : कबिराज घिमिरे

कविराज घिमिरे 

हिले, मङ्सिर ८ गते। धनकुटाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का राजेन्द्रकुमार राई निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसका सुनीलबहादुर थापालाई एक हजार ३८७ मतान्तरले पराजित गर्दै राई निर्वाचित हुनुभएको हो। राईले ३० हजार १०१ मत ल्याउनुभएको छ भने कांग्रेसका थापाले २८ हजार ७०४ मत ल्याउनुभयो। 

यस्तै स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले पाँच हजार ९२६, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमारबहादुर थापाले १ हजार ५९ मत प्राप्त गर्नुभएको छ।