• १२ साउन २०८१, शनिबार

रौतहट २ को प्रदेशसभा (क) मा एमालेका आलम विजयी

blog

रौतहट निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (क) बाट विजयी नेकपा (एमाले)का मोहम्मद जैद आलम। तस्बिर : सञ्जयकुमार मिश्र

सञ्जयकुमार मिश्र 

गौर, मङ्सिर ८ गते। रौतहट क्षेत्र नम्बर २ को प्रदेशसभा (क) बाट नेकपा (एमाले)का मोहम्मद जैद आलम विजयी हुनुभएको छ। आलमले १३ हजार ५३२ मत ल्याउनुभएको छ। 

उहाँको निकटतम प्रतिद्वन्द्वी निवर्तमान प्रदेशसभा सदस्य एवं स्वतन्त्र उम्मेदवार नागेन्द्रप्रसाद सिन्हाले ६ हजार ८७२ मत प्राप्त गर्नुभएको छ। प्रदेशसभा सदस्य पदमा आलम ६ हजार ६६० को मतान्तरले विजयी हुनुभएको हो।