जयकृष्ण यादव 
इनरुवा, मङ्सिर ९ गते । सुनसरी सदरमुकाम इनरुवामा नगरपालिका स्तरीय मौलिक तथा शास्त्रीय नृत्य प्रतियोगिता भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) सुनसरीको समन्वय तथा प्याब्सन इनरुवाको आयोजनामा आयोजित इनरुवा नगरपालिकास्तरीय नृत्य प्रतियोगितामा आठ निजी विद्यालयको सहभागिता छ ।
सम्पन्न प्रतियोगितामा इस्टपोइट स्कुल प्रथम, इनरुवा ईगलिस बोर्डिगं स्कुल द्वितीय, सूर्य किरण एकेडेमी तृतीय र प्रिसियस एकेडेमी सान्त्वना भएका छन् । विजयी प्रतियोगी तथा विद्यालयलाई प्याब्सन प्रदेश १ उपाध्यक्ष ज्ञानेन्द्र दाहाल, सुनसरी सल्लाहकार निरज नेपाल, सहसचिव मनोज कुमार यादव र इनरुवाका अध्यक्ष रमेश गुरागाईँ सहितकाले पुरस्कार तथा प्रमाणपत्र र सिल्ड वितरण गर्नुभएको छ ।
नगरपालिका स्तरीय नृत्य प्रतियोगितामा सहभागी भएका विद्यालयले मैथिली, थारू, राई र लिम्बू समुदायका मौलिक तथा शास्त्रीय नृत्य प्रदर्शन गरेका थिए । कार्यक्रममा इनरुवा यूपिएसका अध्यक्ष राजकुमार मेहता, निर्णायक समूहका मणिकुमार राई, रुपेश विश्वास, विष्णु कोइराला, दिपक कार्की, खगेन्द्र पोखरेल, खगेन्द्र केसी, नन्दन कर्ण, अशोक यादवसहितको उपस्थिति रहेको सञ्चालक गङ्गाराम मण्डलले जानकारी दिनुभयो ।
 
                                 
                                                 
                                                            -square-thumb.jpg) 
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                