व्यावसायिक बाख्रापालनतर्फ आकर्षण
ओखलढुङ्गाका किसान पछिल्लो समय बाख्रापालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत कृषि पद्धतिबाट मनग्गे आम्दानी नभएपछि कृषकहरू आधुनिक बाख्रापालन व्यवसायतर्फ आकर्षित भएका हुन् । परम्परागत शैलीमा बाख्रा पाल्दै आएका चम्पादेवी गाउँपालिका–१, पलापु डाँडागाउँका गोपाल श्रेष्ठले अहिले बाख्रा पाल्ने खोरको व्यापक सुधार गर्नुभएको छ । आधुनिक खोर बनाई बाख्रा पाल्दा राम्रो वृद्धि भएको श्रेष्ठले बताउनुभयो ।
कोशी प्रदेशमा बढ्यो दुध उत्पादन
असार, साउन र भदौ बजारमा सबैभन्दा धेरै दुध अभाव हुने महिना हुन् । चैत महिनादेखि नै दुधको उत्पादन क्रमशः घट्दै गएर असारदेखि भदौसम्म चरम अभाव हुने गर्दथ्यो । दुध उत्पादन गरी बजारमा आपूर्ति गर्दै आएका डेरी उद्योगले चैत महिनादेखि नै पाउडर घोलेर बजारको माग पूर्ति गर्ने गरेका थिए तर यस वर्ष कोशी प्रदेशको अवस्था ठिक विपरीत देखिएको छ । दुधको उत्पादन घट्ने अनुमानविपरीत झन्डै दोब्बरले बढेपछि किसानले उत्पादन गरेको दुध बिक्री हुन छोडेको छ ।
पूर्वमा वर्षा बढी हुने
आगामी तीन दिन देशको पूर्वी भेगमा बढी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनी न्यूनचापीय प्रणाली दक्षिण–पूर्व तथा उत्तरको नेपालतर्फ केन्द्रित भएको छ। त्यस कारण पूर्वी भूभागसँगै बागमती, गण्डकीको पोखरा क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो। अन्य क्षेत्रमा घाम लाग्दै फाट्टफुट्ट वर्षा हुने सम्भावना छ।
नेपालमै पहिलो पटक चिया प्रविधि पढाइको तयारी
नेपालमा चिया रोपण सुरु भएको करिब १६० वर्षपछि चियासम्बन्धी पढाइ हुनेभएको छ । इलामको साँखेजुङस्थित रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयले यही वर्षदेखि चिया प्रविधिसम्बन्धी पढाइ सञ्चालन गर्ने तयारी गरेको हो ।
अदालतमा दुई वर्ष भन्दा पुराना मुद्दा बाँकी छैनन् : प्रधानन्यायाधीश कार्की
सर्वोच्चदेखि जिल्ला अदालतसम्म दुई वर्षभन्दा पुराना मुद्दाको फछ्यौट गर्न बाँकी नरहेको प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले बताउनुभएको छ ।
कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादमा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश गरेको छ।
पाँचथरमा दुर्घटना हुँदा एक जनाको मृत्यु
मेची राजमाग अन्तर्गत फिदिमइलाम सडक खण्डमा सवारी साधन (लोबेट)को ठक्कर बाट एक जनाको निधन भएको छ।
व्यावसायिक बाख्रा पालनतर्फ किसानकाे आकर्षण
परम्परागत कृषि पद्धतिबाट मनग्गे आम्दानी नभएपछि कृषकहरु आधुनिक बाख्रा पालन व्यवसायतर्फ आकर्षित भएका हुन् ।
स्थानीयद्वारा सडकमै धान रोपाइँ
ठेकेदार कम्पनीले समयमा बाटो नबनाएको भन्दै झापा बिर्तामोडका स्थानीयले सडकमै रोपाइँ गरेर विरोध जनाएका छन् । ठेकेदारको लापरबाहीका कारण हिँडडुलमै सास्ती भोग्नुपरेका स्थानीयको आरोप छ । बिर्तामोड नगर अस्पताल जाने सडकमा स्थानीयले धान रोपेका हुन् ।