घरमा आगलागी हुँदा एकको मृत्यु
पाँचथरको मिक्लाजुङ गाउँपालिका ७, लेखगाउँमा घरमा आगलागी हुँदा महिलाको मृत्यु भएको छ ।
नक्कली कागज बनाएर माग्दै हिँड्ने २४ जना भारत फिर्ता
बिर्तामोडमा नक्कली कागज बनाएर माग्दै हिँड्ने २४ जना भारतीयलाई प्रहरीले घर फर्काएको छ ।
सङ्खुवासभा कारागारमा दुई कैदीबन्दीको मृत्यु
जिल्ला कारागार सङ्खुवासभा दुई जना कैदीबन्दीको मृत्यु भएको छ ।
गोलभेँडाको मूल्य एक महिनामै १२ गुणा बढ्यो
धनकुटा नगरपालिका वडा नम्बर नौ गुठिटारकी रोशनी राईलाई एक महिना अगाडिसम्म गोलभेँडा बेच्न निक्कै सकस थियो । टमाटर बिक्री नहुँदा उहाँले लगाएको धेरै टमाटर बारीमै नष्ट भयो । ७-८ रुपियाँमा समेत बिक्री गर्न खोज्दा पनि क्रेता पाउन मुस्किल थियो । तर एक महिनाको अवधिमा एकाएक गोलभेँडाको मूल्य आकासिएको छ । अहिले थोक मुल्यनै एक सय रुपियाँ प्रति किलो पुगेको छ । तर मूल्य आकासिँदा राईको बारीमा एक गेडो पनि टमाटर छैन । “गोलभेँडा हुँदा मूल्य पाइएन सबै खेर गयो अहिले मूल्य हुँदा गोलभेँडानै छैन” राई गुनासो गर्नुहुन्छ ।
आँखा पाक्ने प्रकोप बढ्दै
कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रका अधिकांश स्थानमा पछिल्लो केही दिनदेखि सर्वसाधारणमा आँखा पाक्ने रोग फैलिरहेको छ । दुई सातादेखि कोशी प्रदेशका अधिकांश समुदायमा भाइरल प्रकोपकै रूपमा आँखा पाक्ने समस्या बढ्दै गएको हो ।
सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाकोे उद्धार
सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए । उनको शव मङ्गलबार बाँके खोलामा शव फेला परेको हो ।
कोरियाबाट फर्केर तरकारी खेती
वैदेशिक रोजगारीमा गएर फर्किएका अधिकांश युवाले घडेरी किन्ने घर बनाउनेजस्ता क्षेत्रमा लगानी गर्छन् । आजकल यो वैदेशिक रोजगारीबाट फर्केका युवामा फेसन जस्तै बनेको छ तर वराहक्षेत्र नगरपालिका–९, ढोलबजियाका तीन युवकले पुख्र्याैली पेसामा नै लगानी गरेका छन् ।
गाउँमै महँगियो गोलभेँडा
पछिल्लो साता इलामका गाउँहरूमै गोलभेँडाको मूल्य उच्च भएको छ । अघिल्लो सिजन अर्थात् चैत–वैशाखमा गाउँमा १० देखि १५ रुपियाँ प्रतिकिलोका दरले बिक्री भएको गोलभेँडा साउनको दोस्रो साता आइपुग्दा मूल्य बढेर ९० रुपियाँसम्म पुगेको छ । गोलभेँडाको बोटमै पुगेर व्यापारीले ९० रुपियाँ प्रतिकिलोका दरले गोलभेँडा खरिद गरिरहेका छन् । “यो वर्ष थोरै गोलभेँडा लगाइयो । गत वर्ष बिक्री हुन गाह्रो भएको थियो । त्यस्तै होला भनेर कम रोपियो । अहिले चाहिँ मजाले भाउ आयो,” मङ्गलबार गोलभेँडा बिक्रीकै लागि इलाम बजार आइपुग्नुभएका माईजोगमाई–५ का महेन्द्र चापागाईंले भन्नुभयो, “यहाँ आफैँ ल्याउँदा त प्रतिकिलो १२० का दरले बिक्री भयो । घरमा ९० रुपियाँले बेचिरहेका थियौँ ।”
बिजुली बलेपछि दुर्गमका स्थानीय हर्षित
राष्ट्रिय प्रसारण लाइनको बिजुली बल्न पाएपछि ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका स्थानीय हर्षित भएका छन्। जिल्लाको एक दुर्गम गाउँको रूपमा रहेको खेजेनिममा गएको शनिबारदेखि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेपछि स्थानीय हर्षित भएका हुन्।
भत्कियो भेटेनरी अस्पतालको पर्खाल
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरको सुरक्षा पर्खाल निर्माण भएको तीन वर्ष पुरा नहुँदै भत्किएको छ ।
श्रीमतीको हत्या गरी श्रीमान् फरार
इलामको सूर्योदय नगरपालिकामा श्रीमतीको हत्या गरी श्रीमान् फरार भएका छन् । सूर्योदय नगरपालिका २ सयपत्री टोलमा पाँचथरका चेपाङे भनिने पूर्णबहादुर तामाङले आफ्नै कान्छी श्रीमतीको हत्या गरी फरार भएका हुन् । तामाङ स्थानीय डोमा शेर्पाको घरमा डेरा गरिबस्ने गरेका थिए ।
षडानन्द सीताराम गुठीको जग्गा खोजी गरिँदै
देशको पहिलो संस्कृत पाठशाला सञ्चालनका लागि स्थापना भएको ऐतिहासिक षडानन्द सीताराम गुठीको जग्गा खोजी थालिएको छ । भोजपुरको दिङ्लामा नेपालकै पहिलो पाठशाला सञ्चालनका लागि आबाल ब्रह्मचारी षडानन्द अधिकारीले विसं १९३२ मा स्थापना गरेको गुठीको जग्गा खोजी थालिएको हो ।
‘गणितको समस्याले सरकार अस्थिर’
कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएपछि पूर्ण गतिका साथ अगाडि बढ्ने बताउनुभयो । कोशी प्रदेश सरकार अहिले पनि काम चलाउ अवस्थामा नै रहेको सन्दर्भ जोड्दै उहाँले यस्तो बताउनुभएको हो ।
पानी माग्दै उपभोक्ताले लगाए खानेपानी कार्यालयमा ताला
इलाम बजारका उपभोक्ताले दुई सातादेखि धारामा पानी नझरेपछि इलाम बजार सहरी खानेपानी आयोजनाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
अलैँचीको मूल्यमा सुधार
अलैँचीको नयाँ उत्पादन सुरु हुनै लाग्दा मूल्य आकासिएको छ । सोमबार अलैँचीको मूल्य प्रतिमन (४० केजी) को ५८ हजार पुगेको छ । यो मूल्य पाँच वर्षयताकै उच्च हो । २०७१ सालमा एक लाख २० हजार प्रतिमन पुगेको अलैँची त्यसयता भने निरन्तर ओरालो लाग्दै आएको थियो । २०७४ सालमा ६० हजारबाट ओरालो लागेको अलैँचीको मूल्य गत पुससम्म प्रतिमन २५ हजार रुपियाँले कारोबार भएको र त्यसयता भने अलि अलि बढ्दै गएको हिलेका अलैँची व्यापारी श्याम शाह बताउनुहुन्छ । आउँदो वर्ष उत्पादन कम हुन सक्ने डरले ठुला व्यापारीले अलैँची खरिद गरेर स्टक गर्न थालेपछि मूल्य बढेको उहाँको भनाइ छ ।
अलैँचीको मूल्य ६ वर्ष यताकै उच्च
अलैँचीको नयाँ उत्पादन सुरु हुनै लाग्दा मूल्य आकासिएको छ । सोमबार अलैँचीको मूल्य प्रतिमन ५८ हजार पुगेको छ । यो मूल्य पाँच वर्ष यताकै उच्च हो।
शहीद परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले शहीद परिवारलाई एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । गाउँपालिकाले पालिकाभरिका शहीद परिवारका लागि एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने भएको हो ।
बन्दले जनजीवनमा आंशिक प्रभाव
कोशी प्रदेश नामाङ्कनको विरोधसहित विभिन्न पहिचानवादी समूहले गरेको बन्दका कारण इलामको जनजीवन आज बिहानैबाट आंशिक रुपले प्रभावित भएको छ ।
फुङलिङ नगरपालिकालाई दमकल सहयोग
विपद् प्रतिकार्यमा प्रयोग गर्न प्रदेश सरकारले ताप्लेजुङको फुङलिङ नगरपालिकालाई एक थान दमकल र एउटा पिकअप भ्यान सहयोग गरेको छ ।
बन्दले जनजीवन प्रभावित
राष्ट्रिय जनमुक्ति पार्टी लगायत विभिन्न ७ वटा सङ्गठनले आह्वान गरेको यातायात बन्दले धनकुटा सहित अरुण पूर्वका ९ जिल्लाका जनजीवन प्रभावित भएको छ ।
शतप्रतिशत बजेट खर्च गर्ने हामी मात्रै हौँ
देवराज चौधरी मोरङका कटहरी गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ । समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएका चौधरी नेपाली कांग्रेसका तर्फबाट गाउँपालिकाको अ
सहयोग सङ्कलन गरेर तोक्पेगोलामा गुम्बा निर्माण
विभिन्न दातासँग सहयोग सङ्कलन गरेर तोक्पोगोलामा गुम्बा निर्माण गर्न थालिएको छ । समुद्र सतहदेखि चार हजार एक सय मिटर उच्चाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलाका स्थानीयवासीले सहयोग सङ्कलन गरेर गुम्बा निर्माण जुटेको गुम्बा निर्माण समिति अध्यक्ष तेन्जिङ शेर्पाले बताउनुभयो ।
मातृभाषा संरक्षण गर्न तालिम
शेर्पा समुदायले आफ्नो मातृभाषा र लिपिको संरक्षण गर्न तालिम सञ्चालन गरेको छ । नयाँ पुस्तासँगै हराउँदै गएको मातृभाषा र लिपिको संरक्षण तथा जगेर्ना गर्ने उद्देश्य राखेर तालिम सञ्चालन गरिएको हो ।
जङ्गलभित्र कालिजपालन र होमस्टे
कालिज भन्नेबित्तिकै हाम्रो दिमागमा कुनै जङ्गल आउँछ । त्यो स्वाभाविक पनि हो किनकि हामीले कालिज प्रायः जङ्गलमा देखेका छौँ तर पछिल्लो समय व्यावसायिक रूपमा कालिज पाल्न सुरु गरिएको छ । अहिले देशका धेरै ठाउँमा कालिज पाल्न थालिएको छ । खोटाङको वराहपोखरी गाउँपालिका–२, सुन्तलेमा विगत दुई वर्षदेखि कालिजपालन सुरु भएको हो ।