• २० असोज २०८१, आइतबार

भत्कियो भेटेनरी अस्पतालको पर्खाल

blog

भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरको मंगलबार बिहान लडेको पर्खाल । तस्बिरः राधा लुइटेल

राधा लुइटेल 

फिदिम, साउन २३ गते । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरको सुरक्षा पर्खाल निर्माण भएको तीन वर्ष पुरा नहुँदै भत्किएको छ । फिदिम नगरपालिका ४ मा अवस्थित कार्यालय सुरक्षाका लागि लगाइएको कम्पाउण्ड पर्खाल मङ्गलबार बिहान भत्किएको हो ।

उक्त पर्खाल आर्थिक वर्ष २०७६/०७७ मा करिब ५० लाख रुपियाँ खर्चेर बनाइएको थियो । पर्खालको एक चौथाइ भाग अर्थात् आठवटा पिल्लर र पर्खाल भत्केको अस्पतालका प्रमुख (डाक्टर मनोज महतोले बताउनुभयो ।

निर्माण नसकिँदै माटो थुपार्नका साथै स्कावेटर कुदाउँदा त्यही बेला ढल्केको पर्खाल अविरल वर्षाका कारण लोड थेग्न नसकेर भत्किएको थानीयले बताएका छन् ।

पर्खाल जोखिममा रहेको भन्दै स्थानीयले वर्षा सुरु हुनासाथ एक महिना अघि स्थानीयले पर्खाल भत्केर क्षति गर्न सक्ने भन्दै भेटनेरी अस्पतालमा जानकारी गराएका थिए । प्रहरीको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय र अस्पतालले मुचुल्का खडा गरे पनि बजेट नभएको भन्दै कार्यालयले हटाइएको थिएन । 

कार्यालय प्रमुख मनोज महतोले पर्खाल भत्किएको विषयमा माथिल्लो निकायलाई जानकारी गराएको जानकारी दिनुभयो । पर्खाल बिहान पौने तीन बजे भत्किएको हो । पर्खालका ढुङ्गा माटो नजिकै रहेको बाटोमा थुप्रिएको छ । रातको समय भएकाले अन्य क्षति भएको छैन ।