• २१ असार २०८१, शुक्रबार

श्रीमतीको हत्या गरी श्रीमान् फरार

blog

प्रेम अधिकारी 

इलाम, साउन २३ गते । इलामको सूर्योदय नगरपालिकामा श्रीमतीको हत्या गरी श्रीमान् फरार भएका छन् । सूर्योदय नगरपालिका २ सयपत्री टोलमा पाँचथरका चेपाङे भनिने पूर्णबहादुर तामाङले आफ्नै कान्छी श्रीमतीको हत्या गरी फरार भएका हुन् । तामाङ स्थानीय डोमा शेर्पाको घरमा डेरा गरिबस्ने गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रकाश जवेगुका अनुसार गए राति ९ बजे  ५० वर्षका पूर्णबहादुरले ४५ वर्षकी श्रीमती डम्बरकुमारी तामाङको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । उहाँका अनुसार घटना अगाडि श्रीमान् श्रीमतीबिच सामान्य झगडा भएको थियो । झगडापछि राति पूर्णबहादुरले श्रीमती डम्बरकुमारीको टाउकोमा धारिलो हतियारको प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।  

शवको पोष्टमार्टमका लागि प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।