खेल मैदान निर्माण कार्य अलपत्र, खेलकुदका गतिविधि ठप्प
पाँचथरको सदरमुकाम फिदिममा रहेको फिदिम मावि खेल मैदान निर्माण कार्य अलपत्र भएको छ । खेल मैदान नहुँदा यहाँ आयोजना हुने खेलकुदका गतिविधि ठप्प भएका छन् ।
महानगरको अभियान सफल, डुबानबाट विराटनगरवासीले पाए राहत
बर्सेनि बर्सातका दिनहरूमा डुबानबाट आक्रान्त हुँदै आएका मोरङको विराटनगरवासी यसपटक हर्षित छन् । यस वर्ष ढिलो वर्षा सुरु भए पनि पछिल्ला केही दिनदेखि भइरहेको भारी वर्षामा पनि विराटनगर क्षेत्रमा डुबानको समस्या कहीँ कतै देखिएको छैन ।
विद्यालयका शिक्षक र कर्मचारी आन्दोलित
सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरू आफ्नो पेसागत हकहितको माग पूरा गराउन देशव्यापी रूपमा आन्दोलित भएका छन् ।
इलामको बेलासेलाई जलवायु अनुकूलन गाउँ बनाइने
इलाम नगरपालिकाको ११ नम्बर वडामा रहेको बेलासे गाउँलाई जलवायु अनुकूलन गाउँ बनाइने भएको छ ।
मदन भण्डारी राजमार्ग अवरुद्ध
तीन दिनदेखि परेको पानीसँगै माथिबाट झरेको पहिरोले सडक पुरेपछि मदन भण्डारी राजमार्गको गाईघाट नेपाल टार खण्डमा आइतबार बिहानैदेखि यातायात अवरुद्ध भएको छ ।
श्रीमतीको हत्या गरी गाडेर भागेका श्रेष्ठ पक्राउ
श्रीमतीलाई मारेर सुँगुरको खोरभित्र गाडेर फरार भएका तेह्रथुम आठराई गाउँपालिका–१ डाँडा गाउँका राजकुमार श्रेष्ठ पक्राउ परेका छन् ।
भोजपुरका अलैँची कृषक भन्छन्– भाउ बढ्यो, उत्पादन घट्यो
खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आन्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै आएका छन् ।
महिला तथा दलित जनप्रतिनिधि गुनासो, ‘योजना निर्माणमा आफूहरुलाई सहभागी गराउँदैनन् ’
स्थानीय तहमा योजना निर्माण तथा बजेट विनियोजन गर्दा पुरुष जनप्रतिनिधिले आफूहरूलाई सहभागी नगराएको जिल्लाका महिला तथा दलित जनप्रतिनिधिले गुनासो गरेका छन् ।
सडक भासिँदा पौवादुङवासीको दैनिकी कष्टकर
वर्षात्का कारण पहिराले सडक भासिँदा तिवारीभञ्याङ–मानेडाँडा–अधेँरीघाट सडक अवरुद्ध बनेको छ । मध्यपहाडी लोकमार्गको भोजपुर–लेगुवा सडकखण्डअन्तर्गत तिवारीभञ्याङबाट अधेँरीघाट छुट्ने शून्य विन्दुमा सडक भासिएका कारण यातायात सञ्चालनमा समस्या भएको हो ।
याक पालन नै आम्दानी प्रमुख स्रोत
समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङमा मिक्वाखोला गाउँपालिका—५ लोदेन खर्कमा रहेको याक । उच्च हिमाली क्षेत्रका समुदायको प्रमुख आम्दानीको स्रोत याक पालन हो । दूध, घ्यु, छुर्फी र मासुका लागि याक पालन गदैआएका छन् ।
रुख काट्ने वन समूहकै अध्यक्ष सहित ४ पक्राउ
सामुदायिक वनका पदाधिकारीले काँचा रुख कटान गरी गैर उपभोक्तालाई विक्री गरेको आरोपमा डिभिजन वन कार्यालय इलामले सतासी धाम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित चार जना पक्राउ गरेको छ ।
कोेशी प्रदेशको स्थायित्व र विकासका लागि दलीय सहमति आवश्यक : मुख्यमन्त्री थापा
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दलहरू मिलेर प्रदेश चलाउनुको विकल्प नरहेको बताउनुभएको छ ।
सरकार युवालाई श्रमसँग जोड्ने कार्य गरेको : मन्त्री मोदी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले वर्तमान सरकार युवालाई श्रमसँग जोड्न लागिपरेको बताउनुभएको छ ।
डेरीमा आगलागी हुँदा ३० लाख बढी क्षति
राधा लुइटेलफिदिम, साउन २७ गते। पाँचथरको फिदिम नगरपालिका ३ लालिखर्क स्थित ‘मिना दुग्ध डेरी उद्योग’मा शनिबार अपरान्ह आलगागी हुँदा ३० लाख रुपियाँ बराबरको क्षति भएको छ।स्थानीय टीका राईले सञ्चालन गर्दै आएको उक्त डेरीमा अचानक सल्केको आगोले १० क्विन्टल छुर्पी, घीउ, दूध, क्रिम, दूध जाँच्ने सेनेलाइजर मेसिन र तौल मेसिन जल्दा यत्तिको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाले बताउनुभयो।अपह्न साढे तीन बजे सुरु भएको आगलागी स्थानीय र प्रहरीको प्रयासमा एक घण्टा पछाडि नियन्त्रणमा आएको थापाको भनाइ छ। आगलागीको कारण भने खुल्न सकेको छैन।
स्कुटर दुर्घटना हुँदा पाँचथरमा एक जनाको मृत्यु
फिदिम फालौट सडकखण्ड अन्तरगत पाँचथरको फिदिम नगरपालिका ११ अम्बके भीरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
कोशीमा सबै दल मिल्नुको विकल्प छैन : मुख्यमन्त्री थापा
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशको सरकार अत्यन्तै सङ्कटपूर्ण अवस्थामा चलिरहेको बताउँदै यसको निकासका लागि प्रदेशका सबै दल मिल्नुको विकल्प नरहेको बताउनुभएको छ ।
गाडिएको अवस्थामा रेशिकाको शव फेला
तेह्रथुमको आठराई गाउँपालिका–१ सङ्क्रान्ति गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
मापदण्ड विपरीतका ‘कज-वे’ ले यातायातमा समस्या
धनकुटा क्षेत्रमा पर्ने राजमार्गहरूमा बनाइएका मापदण्ड विपरीतका 'कज-वे' ले यातायात सञ्चालनमा समस्या हुने गरेको छ । लामो दुरीमा चल्ने ठुला गाडीहरू 'कज वे' मा ठोक्किने गर्दा दुर्घटना समेत हुने गरेका छन् ।
पहिरोमा पुरिएर भोजपुरमा एकको मृत्यु
पहिरोमा पुरिएर भोजपुरमा एक जनाको ज्यान गएको छ । जङ्गलमा निगुरो टिप्न गएका नगरपालिका–२ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो ।
चार्जिङ स्टेसन सञ्चालनको तयारी
विराटनरमा आगामी भदौदेखि सवारी चार्जिङ स्टेसन सञ्चालनमा आउने भएको छ । विराटनगर–११, बसपार्क परिसरमा निर्मित चार्जिङ स्टेसन प्राविधिक परीक्षणपछि सञ्चालनमा आउने छ ।
संरक्षणको पर्खाइमा वाग्मा पोखरी
मिक्वाखोला गाउँपालिकामा रहेको पर्यटकीय सम्भावना बोकेको वाग्मा पोखरी ओझेलमा परेको छ । मिक्वाखोला गाउँपालिका–४, साँवामा रहेको वाग्मा पोखरी आवश्यक संरक्षण तथा प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।
वन कर्मचारीकै मिलेमतोमा खयर कटान
तस्करले प्रतिबन्धित खयर काटेर ट्याक्टरमा लाँदै गरेको अवस्थामा पक्राउ गरी वन कार्यालयलाई जानकारी गराएका थिए ।
डेंगुबाट झापामा तीनको मृत्यु, ७२७ सङ्क्रमित
झापामा डेंगुका कारण तीन जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या ७२७ पुगेको छ । सङ्क्रमियमध्ये १०४ जना अस्पताल भर्ना भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
हलेसी तुवाचुङका विद्यालयमा कक्षा १२ सम्म निःशुल्क शिक्षा
खोटाङको हलेसी तुवाचुङका सामुदायिक विद्यालयहरुमा कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्न थालिएको छ । नगरपालिकाको “शून्य शुल्क” कार्यक्रमअन्तर्गत सबै सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क बनाइएको हो ।