• १२ साउन २०८१, शनिबार

रुख काट्ने वन समूहकै अध्यक्ष सहित ४ पक्राउ

blog

पक्राउ परेका सामुदायिक वन समूहका अध्यक्ष हेमबहादुर थापा । तस्बिर: सामाजिक सञ्जाल

लिलाराज खड्का 

बिर्तामोड, साउन २८ गते । सामुदायिक वनका पदाधिकारीले काँचा रुख कटान गरी गैर उपभोक्तालाई विक्री गरेको आरोपमा डिभिजन वन कार्यालय इलामले सतासी धाम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित चार जना पक्राउ गरेको छ । डिभिजन वन कार्यालय इलामले कोष हिनामिना र रुख कटान गरेको आरोपमा चार जनालाई पक्राउ गरेको हो ।

सतासी धाम सामुदायिक वन उपभोक्ता समूह – झापा सतासी धाम –८ र माइ नगरपालिका इलाम ८) का अध्यक्ष हेम बहादुर थापा, शिक्षक समेत रहनुभएका  लेखा हेर्ने इन्द्र प्रसाईँ, कार्यालय सचिव केदार भट्टराई र चालक पदम तामाङलाई पक्राउ गरिएको वन कार्यालय इलामले जनाएको छ । पक्राउ परेका ४ जनाविरुद्ध   कोष हिनामिना र वनमा हानी नोक्सानी पुराएको आरोपमा वनले मुद्दा अघि बढाएको बताएको छ  । 

वन कार्यालयले १ महिना भित्र १७ वटा रुख कटान गरेको प्रमाण फेला परेको जनाएको छ । डिभिजन वन कार्यालय इलामका  प्रमुख दानबहादुर श्रेष्ठले यस घटनामा  अन्यको समेत  संलग्नता  हुन सक्ने भन्दै अनुसन्धान जारी रहेको बताएको छ ।  

डिभिजन वन कार्यालय प्रमुख श्रेष्ठका  अनुसार यो घटना अलि अगाडिको भए पनि अनुसन्धान प्रक्रिया पुरा गरेर  बिहीबार  पक्राउ गरिएको हो । वनभित्र ब्लक नं. २ मा ७ थान सखुवा र १ थान चापको रुख कटान गरिएको थियो ।  यस्तै ब्लक नं. २ मा १५ फिट फेदगोलाई भएको १ थान करमको रुख कटान गरेको वन कार्यालयले जनाएको छ । यस्तै, ५ नं. ब्लकमा ८ वटा रुख मेलैसँग कटान गरेको फेला परेको छ । अधिकांश रुख १० देखि १४ फिट फेदगो रहेको छ । टुना र फाला गरेर जम्मा ७ सय किवी रुख कटान भएको सूचना प्राप्त भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालयले वनको रेखदेख नभएका कारण हुने घटनामा पदाधिकारीको कमजोरी हुने औँल्याएको छ । तर, सतासी धाम सामुदायिक वनको भने समूहकै पदाधिकारीको संलग्नता देखिएको जनाएको छ । चालकले सिधै फर्निचरमा काठ पुराएको सम्म प्रमाण जुटेको वन कार्यालयले जनाएको छ।