• २६ चैत २०८२, बिहिबार

तीन दिनदेखि हुम्लामा हवाई सेवा अवरुद्ध

blog

सिमकोट विमानस्थलमा सीता एयरका जहाज नेपालगन्जका लागि उडान भर्ने तयारीमा । तस्बिरः राजन रावत

राजन रावत
हुम्ला, चैत २६ गते ।
हिमाली जिल्ला हुम्लामा लगातार वर्षा र हिमपातका कारण तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ।

नेपाल नागरिक उड्डयान प्राधिकरण, सिमकोटका प्रमुख महेन्द्र बहादुर सिंहका अनुसार, मङ्गलबारदेखि खराब मौसमले हवाई उडान प्रभावित भएका छन्। मङ्गलबार र बुधबार नेपाल एयरलाइन्सले उडान भर्ने कार्यतालिका तयार गरेको भएपनि मौसम प्रतिकुल हुँदा उडान हुन सकेको छैन। बिहीबार बिहानसम्म पनि वर्षा र हिमपात जारी रहँदा उडानको संभावना नरहेको उहाँले जानकारी दिनुभयो।

हवाई सेवा अवरुद्ध भएपछि सिमकोट–नेपालगन्ज मार्गका यात्रु प्रभावित भएका छन्। विशेषगरी अस्पतालले रिफर गरेका बिरामीहरू समस्या सामना गरिरहेका छन्। सिंहका अनुसार, मौसम प्रतिकुल हुनुका साथै नेपालगन्जमा निजी एयरका जहाजहरूको उपलब्धता नहुनुका कारण आगामी सोमबारसम्म पनि नियमित उडान हुन सक्ने संभावना न्यून छ। गत सोमबार मात्र नेपाल एयरलाइन्सको एउटा उडान सञ्चालन भएको थियो।