• १४ मंसिर २०८१, शुक्रबार

गाडिएको अवस्थामा रेशिकाको शव फेला

blog

गाडिएको अवस्थामा शव फेला । तस्बिर : ठाकुर सेनेहाङ

ठाकुर सेनेहाङ
तेह्रथुम, साउन २७ गते । 
तेह्रथुमको आठराई गाउँपालिका–१ सङ्क्रान्ति गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

यही साउन १४ गते घरबाट बेपत्ता हुनुभएका २४ वर्षीया रेशिका श्रेष्ठको शव आफ्नै घर नजिकै गाडिएको अवस्थामा शनिबार दिउँसो भेटिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छिपिञ्जो भोटेले जानकारी दिनुभयो ।

घरायसी विवादपछि घर छोडेर भागेको भन्दै उहाँका श्रीमान् राजकुमार श्रेष्ठ पनि केही दिन अघि बेपत्ता हुनुभएको थियो । श्रीमान् श्रीमती नै एकाएक हराएपछि रेशिकाको माइतीले खोजीका लागि इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारमा खबर गरेका थिए ।

फरार श्रेष्ठको खोजी कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । होटल व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठ दम्पतीको ६ वर्षीया छोरी समेत रहेको वडाध्यक्ष प्रेमराज लिम्बुले बताउनुभयो ।