• २० असोज २०८१, आइतबार

स्कुटर दुर्घटना हुँदा पाँचथरमा एक जनाको मृत्यु

blog

सांकेतिक तस्बिर

राधा लुइटेल

फिदिम, साउन २७ गते । फिदिम फालौट सडकखण्ड अन्तरगत पाँचथरको फिदिम नगरपालिका ११ अम्बके भीरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा फिदिम नगरपालिका १ का ६५ वर्षीया मायादेवी कार्कीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाका अनुसार स्कुटरका चालक उहाँका श्रीमान् होमकर्ण कार्की गम्भीर घाइते हुनुहुन्छ ।

हेमकर्णले चलाएको प्रदेश ०१–०३–००१ प ५२७१ नम्बरको स्कुटरमा नाङ्गिनदेखि फिदिम आउने क्रममा फिदिम ११ अम्बके भीरमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

चालक हेमकर्णको दाहिने खुट्टा भाँचिएको छ । दुर्घटना हुँदा सडकदेखि ५० मिटर तल खसेकी मायादेवीलाई उपचारार्थ अस्पतालमा पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् । घाइते कार्कीको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।