• २४ वैशाख २०८१, सोमबार

वन कर्मचारीकै मिलेमतोमा खयर कटान

blog

अवैध रूपमा कटनी गरेर लादै गर्दा आमा समूहले जफत गरेर राखेको खयरको काठ । तस्बिर: गोरखापत्र

राजकुमार भट्टराई 

खोटाङ, साउन २७ गते । तस्करले प्रतिबन्धित खयर काटेर ट्याक्टरमा लाँदै गरेको अवस्थामा पक्राउ गरी वन कार्यालयलाई जानकारी गराएका थिए । तर वनका कर्मचारीले उल्टै स्थानीय आमा समूहलाई धम्की दियो । आमाहरू झस्किए अनि भने कर्मचारीकै मिलेमतो रहेछ । नत्र कसरी हामी माथि जाइ लाग्ने हामीले जानकारी गराउँदा समेत किन काठ समातेको भन्दै उल्टै धम्की दिनु लेनै प्रस्ट मिलेमतो भएको बुझिन्छ आमा समूहका अध्यक्ष सुमित्रा दाहालले बताउनुभयो । 

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित खोक्सेली सामुदायिक वनमा अवैध रूपमा खयर कटान गरेर ट्याक्टरमा लाँदै गर्दा खयरका काठ स्थानीय आमा समूहले रोकेको छ । बुधबार राति स्थानीय कुन्तादेवी आमा समूहले रोकेको हो । राति करिब ८ बजे ट्याक्टरमा हालेर जाँदै गरेको खयरका काठ जफत गरिएको समूहका अध्यक्ष सुमित्रा दाहालले जानकारी दिनुभयो । ‘हाम्रो सामुदायिक वनमा खयर काटिएको छ भन्ने सुनेका थियौँ । बुधबार राति खानेपानी जोड्न आमा समूह भित्रकै सदस्यहरू लोक माया दाहाल, सुमित्रा दाहाल, दिलकुमारी भुजेल र म गएका थियौँ । अध्यक्ष दाहालले भन्नुभयो, सोही समयमा ट्याक्टरले खयर लिएर आउँदै गरेको देखेपछि रोकेका हौँ । त्यसपछि सबै तिर हल्ला भयो, स्थानीय सबै आउनुभयो ।’ यस अगाडी पनि विना अनुमति खयरको कटान हुनु र ढुवानी हुँदा समेत कुनै चेकजाँच नहुनेले कर्मचारीको मिलेमतो विना यस्तो काम गर्न सम्भव नहुने स्थानीयको आरोप छ । 


प्रहरीले थाहा पाए भने समस्या हुने भन्दै खयरको काठ बोकेको ट्याक्टर रोकिएपछि काठ छाडेर गएको उहाँहरूको भनाइ छ । बिहीबार गएर सामुदायिक वनमा हेर्दा करिब ६० बोट खयर काटिएको स्थानीयले बताएका छन् । जफत गरिएको खयर हाल बडहरेस्थित गरिबी निवारण संस्थाको भवनमा राखिएको छ । 

वनका कर्मचारीलाई जानकारी दिँदा फोनबाटै धम्की दिएको उहाँहरूको भनाई छ । फोनबाट कर्मचारीले समात्ने भए काट्दै गर्दा पक्रिनु पर्थ्यो, यसरी लैजाँदै गर्दा किन समातेको काठ भन्दै थर्काएको बताउनुभयो ।   

शव डिभिजन कार्यालय हलेसीका प्रमुख राम सागर मण्डल जिल्ला बाहिर रहेकाले आएर काठको विषयमा अनुगमन गर्ने बताउनुभयो । खयर कटान सम्बन्धी कसैले पनि कटान गर्ने आदेश नलिएको उहाँले स्पष्ट पार्नुभयो । अनिलकुमार राईले खयर काटेको स्थानीयले बताएका छन् । 

अवैध रूपमा कटान गरी लाँदै गएको दुई ट्याक्टर खयर आमा समूहले समाएका छन् भने यस अघि पनि खयर कटान भएको स्थानीयको भनाइ छ ।  यस अघि डिकुवाको खयरको काठ अर्जुन बस्नेतले कटान गरेको वडाध्यक्ष देवेन्द्र राईले बताउनुभयो । यसरी खयर कटान हुनु अनि ढुवानी हुनुमा सम्बन्धित निकायको पनि मिलेमतो हुनसक्ने उहाँको आरोप छ ।