कोशी प्रदेशको कार्य व्यवस्था परामर्श समिति बैठक प्रभावित
कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार अनुपस्थित भएपछि उहाँले बिहान बोलाउनुभएको कार्य व्यवस्था परामर्श समितिको बैठक स्थगित गरिएको छ । कार्य व्यवस्था परामर्श समितिका सदस्यहरूबिचको अनौपचारिक छलफलले बैठक स्थगित गरी आजै मध्यान्ह सवा १२ बजे बैठक बस्ने सहमति गरेको थियो ।
उपसभामुख बैठकमा अनुपस्थित हुने भएपछि कोशी प्रदेशसभाको बैठक अनिश्चित
कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले प्रदेशसभा बैठक सञ्चालन गर्न असमर्थ रहेको बताउनुभएको छ । अचानक बिरामी परेको भन्दै भदौ ४ गते र त्यसभन्दा पछाडिको बैठक सञ्चालन गर्न नसक्ने जानकारी उहाँले प्रदेशसभा सचिवालयलाई दिनुभएको हो ।
शैक्षिक गुणस्तरमा व्यापक सुधार गरेका छौँ
साबिकका त्रिवेणी, कटारी, स्वरुङछबिसे, रिस्कु, सिरिसे, लिम्पाटार, मयाखु, हर्देनी र लेखानीसमेत गरी १० वटा गाउँ विकास समितिलाई एकीकृत गरी गठन गरिएको कटारी नगरपालिका उदयपुरको दोस्रो ठुलो नगरपालिका हो ।
साल्पासिलिछोका ३८ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा
भोजपुर जिल्लाकै दुर्गम मानिने साल्पासिलिछो गाउँपालिकाका ३८ सामुदायिक विद्यालयमा ‘ब्रोडब्याण्ड इन्टरनेट’ सामग्री वितरण थालिएको छ । सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन इन्टरनेट सेवा विस्तार सुरुआत गरिएको हो ।
डेङ्गु सङ्क्रमण बढ्दो
ओखलढुङ्गामा डेङ्गु सङ्क्रमण बढ्दो क्रममा रहेको छ । हालसम्म चार जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाका जनस्वास्थ्य निरीक्षक शिवकुमार यादवका अनुसार हालसम्म चार जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।
लिम्बू र मैथिली भाषालाई कामकाजको भाषा बनाउन जोड
कोशी प्रदेश प्रमुख परशुराम खापुङले भाषा आयोगले गरेको सिफारिसअनुसार कोशी प्रदेशमा लिम्बू र मैथिली भाषालाई कामकाजको भाषा बनाउनमा सरकारले स्वीकार गरी पहल थाल्दा हुने बताउनुभएको छ ।
नक्कली नोटसहित एक पक्राउ
सुनसरीको रामधुनी नगरपालिका बाट १७ हजार ५ सय नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार रामधुनी वडा १ का ३६ वर्षीय रोशन चौधरीलाई ५ सय रुपियाँका ३५ थान नक्कली नोटसहित इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।
सर्पको टोकाइबाट एकको मृत्यु
झापाको हल्दिबारीमा विषालु सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका –२ निवासी ४५ वर्षीया जितेन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताउनुभयो ।
मासु र अण्डा उत्पादन वृद्धि
कृषि व्यवसायका लागि उर्वर मानिने सुनसरी जिल्लामा सबैभन्दा बढी अण्डा र खसीको मासु उत्पादन भएको तथ्याङ्कले देखाएको छ ।
अनुदानको मल बिक्री गर्नेलाई दुई लाख जरिवाना
सरकारले किसानलाई अनुदानमा दिएको रासायनिक मल विनाअनुमति बिक्री गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय इलामले सदरमुकाममा रहेको एक पसललाई दुई लाख रुपियाँ जरिवाना गरेको छ ।
चोरी गर्दागर्दै दुई जना पक्राउ
कनकाई नगरपालिका–१ प्रजापतिमा एक घरमा चोरी गर्दागर्दै दुई जना चोर पक्राउ परेका छन् ।
देशमा विकासका लागि योजना दिने राजनीतिज्ञ चाहिएको छ : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व मन्त्री गगन थापाले नेपालमा अहिले विकासका लागि योजना दिने नेता र राजनीतिज्ञ चाहिएको बताउनुभएको छ ।
झापाकी कमला इराकमा ‘बन्धक’
अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको जनाउँदै उहाँकी आमाले उद्धारका लागि अपिल गर्नुभएको छ ।
बाल यौन दुर्व्यवहार मुद्दामा प्रधानाध्यापकलाई नौ महिना कैद सजाय
बाल यौन दुर्व्यवहार मुद्दामा प्रधानाध्यापकलाई नौ महिना कैद सजाय फैसला भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक योगेन्द्र प्रसाद धमलालाई नौ महिना कैद सजाय फैसला भएको हो ।
राज्यको सम्पत्ति दोहन गर्ने जो कसैलाई कारबाही हुर्नै पर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यको ढुकुटी दोहन गर्न खोज्ने प्रधानमन्त्री होस कि पूर्वप्रधानमन्त्री जो कसैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।
ताप्लेजुङको फुङ्फुङ्गे झरना (फोटो फिचर)
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँबामा रहेको फुङ्फुङ्गे झरना पर्यटकलाई सधैं आकर्षित तथा मोहित गराउने एक सुन्दर झरना हो। हिउँद तथा बर्खा दुवै मौसममा फुङ्फुङ्गे झरनाको भ्रमण गरेर आनन्द लिन सकिन्छ।
संसद् अवरोध गर्ने प्रवृत्ति गलत : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद् बैठक नियमित अवरुद्ध गर्ने नेकपा (एमाले) को प्रवृत्ति गलत रहेको बताउनुभएको छ ।
हँसिया र रडको प्रयोग गरी बीभत्स हत्या
झापामा मेचीनगर नगरपालिका–८ का ३५ वर्षीय सुन्दर किसानको हँसिया र रडको प्रयोग गरेर बीभत्स हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
व्यवसायीको घरमा लागेको आगलागी नियन्त्रणमा
झापाको शिवसताक्षी नगरपालिकास्थित झिलझिले बजारमा एक व्यापारीको घरमा आगलागी हुँदा ५० लाखभन्दा बढिको क्षति भएको जनाइएको छ ।
करेन्ट लागेर ८४ वर्षीया वृद्धाको मृत्यु
म्याङलुङ नगरपालिका–३ नागदहमा करेन्ट लागेर शनिवार बिहान एक वृद्धाको मृत्यु भएको छ । घरको दैलो खोल्ने क्रममा करेन्ट लागेर ८४ बर्षीया बाटुली माया विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक उमा शङ्कर गुप्ताले जानकारी दिनुभयो ।
सरकारको कदममा हाम्रो साथ रहन्छ : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले सरकारले भ्रष्टाचार विरुद्ध चालेको सकारात्मक कदममा आफूहरूको साथ र सहयोग रहेको बताउनुभएको छ ।
जुट केलाउँदै किसान
सुनसरीको हरिनगर गाउँपालिकामा जुट केलाउँदै किसान । नगदे बाली जुट खेतीबाट किसानले राम्रो आम्दानी गर्ने गरेका छन् ।
‘दमक सपिङ्ग कम्प्लेक्स’ निर्माणको काम रोक्न आदेश
झापाको दमक वडा ७ मा ४३ करोडभन्दा बढीको लागतमा दमक नगरपालिकाले बनाउन सुरु गरेको ‘दमक सपिङ्ग कम्प्लेक्स’ निर्माणको काम सुरु हुन नपाउँदै विवाद भएको छ ।
प्रदेशसभाले स्वीकार गर्यो बजेटसम्बन्धी अध्यादेश
कोशी प्रदेश सरकारले जारी गरेको बजेट सम्बन्धी अध्यादेश शुक्रबार बसेको प्रदेश सभाको बैठकबाट स्वीकृत भएको छ।