सीमावर्ती पशुपतिनगर–मानेभञ्ज्याङ सडक निर्माण
इलामको नेपाल–भारत सीमावर्ती पशुपतिनगर–मानेभञ्ज्याङ जोड्ने सडकको निर्माण सम्पन्न भएको छ ।
संसदीय दलको नेता परिवर्तनमा प्रयास निरन्तर रहन्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताउनुभएको छ ।
प्रहरी चौकीलगायत दर्जन बस्ती डुबानमा
केही दिनदेखि परेको वर्षाका कारण सुनसरी र मोरङ जिल्लाका एक दर्जनभन्दा बढी बस्ती डुबानमा परेका छन्। बाढीका कारण मोरङको जहदा गाउँपालिका–३ स्थित भाथीगन्जमा बाढीले घर बगाएपछि तीन परिवार विस्थापित भएका छन्। अर्जुन मुखिया, सुरज मुखिया र विष्णुदेव मुखियाको घर बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिनुभयो। सिङ्घिया खोलामा आएको बाढीले घरटहरा भत्काउँदा खोला किनारमा बसोबास गर्दै आएका परिवार पनि विस्थापित भएको प्रहरीले जनाएको छ।
बालविवाह गरेका पचासी प्रतिशत पछुताउँदै
उमेर नपुगी विवाह गरेका अधिकांश व्यक्ति अहिले शारीरिक र मानसिक पीडामा रहेका पाइएको छ। महिला सशक्तीकरण स्रोत केन्द्र र युवा महिला सञ्जाल उदयपुरले यस जिल्लाका आठ वटा स्थानीय तहमा उमेर नपुगी भएकोे विवाहपछिको जीवन भोगाइमा आधारित रहेर गरेको खोजमूलक अध्ययनमा यस्तो तथ्य फेला परेको हो।
तेह्रथुममा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, चार घाइते
तेह्रथुमको आठराईमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। आठराई गाउँपालिका वडा नम्बर २ खाम्लालुङ्गमा पहिरोले घर पुरिँदा ६३ वर्षीय देवीकुमार थलङको मृत्यु भएको हो।
सिस्नोको ब्रान्डिङ गर्दै रोङ गाउँपालिका
स्थानीय खोलाखोल्सामा पाईने सिस्नो बजारमा पुर्याउँदा राम्रो मूल्य पाउने भएपछि गाउँपालिकाले सिस्नोको ब्राण्डिङ गर्न सुरु गरेको हो ।
आठराई त्रिवेणीमा ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम सुरु गरिएको छ। सुत्केरी महिला तथा शिशुको स्वास्थ्यलाई स्वास्थ्यकर बनाउनमा सहयोग पुर्याउने उद्देश्यसहित गाउँपालिकाले कार्यक्रम सुरु गरेको हो।
ताप्लेजुङमा ग्यास र पेट्रोलियम पदार्थको अभाव
बाढीपहिराले हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि अहिलेसम्म बेलिब्रिजको निर्माण सम्पन्न नहुँदा मेची राजमार्ग अवरुद्ध बनेपछि ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा सहज नहुँदा ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको हो ।
कोशी ब्यारेजमा ट्रक खस्यो
ब्यारेको ढोका नं १० बाट मे१ख ३००७ नंको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेश सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ ख १८६५ नंको बस र विपरीत दिशाबाट आइरहेको ट्रक एकापसमा ठोकिँदा ट्रक कोशी नदीमा खसेको हो ।