• २८ वैशाख २०८२, आइतबार

कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने

blog

मुख्यमन्त्री उद्धव थापा

शशीधर पराजुली 

विराटनगर, भदौ १ गते । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ । मुख्यमन्त्री थापाले आज प्रदेशसभा सचिवालयमा पत्र पठाएर भदौ ३ गते विश्वासको मत लिने प्रस्ताव कार्यसूचीमा समावेश गर्न आग्रह गर्नुभएको हो ।

मुख्यमन्त्री थापाले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिन प्रदेशसभा निमावलीको नियम १२८ को उपनियम १ र २ बमोजिम सूचना दिएको पत्रमा उल्लेख गर्नुभएको छ । 

नियमावलीमा विश्वासको मत लिनु दुई दिन अगाडि सूचना दिनुपर्ने र सभामुखले विश्वासको मत लिने मिति र समय तोक्ने व्यवस्था छ ।