• १९ असार २०८२, बिहिबार

बागमती प्रदेशसभा बैठक आज बस्दै

blog

बागमती प्रदेशसभा सचिवालयका बसेको प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठक । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, असार १९ गते ।
बागमती प्रदेशसभा बैठक बिहीबार दिउँसो बस्दै छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको बागमती प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिव रामकुमार पौडेलले प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा आजको बैठक बस्ने गरी सहमति भएको जानकारी दिनुभयो ।

यसअघि गत असार १२ र १६ गतेका लागि तोकिएको बैठक विशेष कारणवश भन्दै सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो ।

प्रदेशसभा सचिवालयले असार १६ गते बैठक बस्ने समय परिवर्तन भएको भन्दै सूचना जारी गर्दै बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेको थियो । तर बुधबार बसेको कार्यव्यवस्था समितिको बैठकले बिहीबार दिउँसो १ बजे बैठक बस्ने र प्रदेशसभा सदस्यहरुलाई सूचना गर्ने सहमति गरेको हो ।

यसैबिच, प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज बिहान १० बजेका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक आह्वान गर्नुभएको प्रदेशसभा सचिव पौडेलले बताउनुभयो ।

प्रदेशसभा सचिव पौडेलले आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल हुने कार्यसूची रहेको जानकारी दिनुभयो ।

आगामी आव बजेट असमान रुपमा वितरण गरिएको भन्दै विपक्षी दलहरुले असन्तुष्टि जनाएका छन् । प्रदेश सरकारले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपियाँ बराबरको बजेट प्रस्ताव गरेको छ ।