• १९ असार २०८२, बिहिबार

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

blog

बिष्णुप्रसाद पोखरेल
दमक, असार १९ गते ।
झापामा फेरी हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । बिहीबार शौचालय जान बाहिर निस्कनु भएका बिर्तामोड ७ का ५९ वर्षीय लोकप्रसाद लिम्बुको हात्तीको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शौचालय जान निस्कदा हात्तीले किचेर लिम्बुको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पछिल्लो समयमा बिर्तामोड क्षेत्रमा नियमित रुपमा हात्तीहरु देखिँदै आएका छन् ।

यसअघि असारको पहिलो साता जङ्गली हात्तीको आक्रमणबाट मेचीनगरका पूर्णबहादुर श्रेष्ठको पनि ज्यान गएको थियो ।  डिभिजन वन कार्यालय झापाका अनुसार यो आर्थिक बर्षमा हात्तीको आक्रमणमा परी जिल्लामा ६ जनाको ज्यान गएको छ ।