• ११ जेठ २०८१, शुक्रबार

शिक्षकको आन्दोलनमा वडा सरकारको ध्यानाकर्षण

blog

बाबुराम कार्की

वराहक्षेत्र (सुनसरी) साउन ३२ गते । सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुले आफ्नो पेशागत हकहितको माग राखेर केही दिनदेखि गर्दै आएको आन्दोलनप्रति वडा सरकारको ध्यानाकर्षण भएको छ ।  

वराहक्षेत्र नगरपालिका वडा नम्बर १० क्षेत्रका सामुदायिक विद्यालयका शिक्षकहरु विद्यालयमा नियमित उपस्थित नभई आन्दोलनमा जाने गरेपछि वडाको ध्यानाकर्षण भएको हो । 

वडा कार्यालयले १० नम्बर क्षेत्रभित्र रहेका समादायिक विद्यालयका शिक्षकहरु विद्यालयमा नियमित उपस्थिति भई कक्षा सञ्चालन गर्न सबै शिक्षकहरुलाई ध्यानाकर्षण गरिएको वडाध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिनुभयो । 

शिक्षकहरु दिनहुँजसो आन्दोलनमा जादाँ विद्यार्थीको पठनपाठनमा प्रभाव परेको चौतर्फी गुनासो आउन थालेपछि वडा कार्यालयले ध्यानाकर्षण पत्रमार्फत शिक्षकहरुलाई सचेत गराएको छ । 

विद्यालय बन्द नगरिकन आन्दोल गर्ने भनिए पनि शिक्षकहहरु विद्यार्थीलाई नपढाई आन्दोलमा जान थालेपछि वडाले शिक्षकहरुलाई सचेत गराउनका लागि ध्यानाकर्षण पत्रमार्फत जानकारी गराएको वराहक्षेत्र नगर १० नम्बर वडा कार्यालयले जनाएको छ  । 

वडाध्याक्ष तेजबहादुर गुरुङले भन्नुभयो, “आफ्नो अधिकारका लागि विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न हुँदैन । १० नम्बर वडाक्षेत्रभित्रका शिक्षकहरुले विद्यार्थीको पठनपाठनमा असर पर्नेगरी आन्दोलनमा गएको पाइएमा स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भएबमोजिम हुँदैसम्म कानुनी कारबाहीको सिफारिस गरिनेछ ।”

१० नम्बर वडाक्षेत्रमा एउटा माध्यमिक विद्यालय र पाँचओटा आधारभूत विद्यालयमा २ हजार विद्यार्थीहरु अध्ययनरत छन् । 

सार्वजानिक भएको विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा रहेका केही दफाहरु संविधानप्रदत्त ट्रेड युनियन अधिकार, शिक्षक कर्मचारीको पेसागत सुरक्षा र स्वाभिमानको खिलाफमा रहेको भन्दै नेपाल शिक्षक महासङ्घले देशव्यापी रुपमा आन्दोलनको अगुवाइ गर्दै आएको छ । 

सरकारले बनाएको मस्यौदाले स्थायी, अस्थायी, करार, राहत, साविक उच्च मावि, बाल कक्षा, विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, संस्थागत विद्यालयका शिक्षकलगायत सबैखाले शिक्षक र विद्यालय कर्मचारीको माग सम्बोधन गर्नुपर्ने माग राखेर देशैभरका शिक्षक आन्दोलनरत छन् ।