• १४ मंसिर २०८१, शुक्रबार

डेङ्गु सङ्क्रमण बढ्दो

blog

ओखलढुङ्गा (गोरखापत्र), भदौ ४ गते । ओखलढुङ्गामा डेङ्गु सङ्क्रमण बढ्दो क्रममा रहेको छ । हालसम्म चार जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाका जनस्वास्थ्य निरीक्षक शिवकुमार यादवका अनुसार हालसम्म चार जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । 

गत असार पहिलो साता मोलुङ गाउँपालिकाकी एक बालिकामा सबैभन्दा पहिले सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि साउन महिनामा मोलुङ, मानेभन्ज्याङ गाउँपालिका र सिद्धिचरण नगरपालिकाका एक-एक जनामा सङ्क्रमण देखिएको जानकारी दिँदै यादवले सङ्क्रमण पुष्टि भएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो ।