• ४ पुस २०८१, बिहिबार

लिम्बू र मैथिली भाषालाई कामकाजको भाषा बनाउन जोड

blog

सङ्गम अभियान एवम् दयानन्द दिग्पाल विशेषाङ्क विषयक बिचार गोष्ठीमा प्रदेश प्रमुख परशुराम खापुङ ।

विराटनगर, भदौ २ गते । कोशी प्रदेश प्रमुख परशुराम खापुङले भाषा आयोगले गरेको सिफारिसअनुसार कोशी प्रदेशमा लिम्बू र मैथिली भाषालाई कामकाजको भाषा बनाउनमा सरकारले स्वीकार गरी पहल थाल्दा हुने बताउनुभएको छ ।

मिथिला टाइम्स आउर बुधनगर समाजको आयोजनामा सङ्गम अभियान एवम् दयानन्द दिग्पाल विशेषाङ्क विषयक बिचार गोष्ठीमा बोल्दै आइतबार प्रदेश प्रमुख  खापुङले यस्तो बताउनुभएको हो । उहाँले स्व.दयानन्द दिग्पालको उचित सम्मान, चर्चा तथा स्मृतिग्रन्थ प्रकाशन गन गाउँपालिका नै लाग्नुपर्ने पनि बताउनुभएको छ ।

कार्यक्रममा पूर्वमन्त्री जयराम यादव, जहदा गाउँपालिका अध्यक्ष जितेन्दप्रसाद साह, उपाध्यक्ष हन्ना सोरेन, लेखक दिनेश श्रेष्ठ, विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, सङ्गम अभियानका प्रधान सम्पादक रामबाबु दाहाल, मैथिली सेवा समितिको सभापति ई.फूलकुमार देव, वरिष्ठ पत्रकार रामरिझन यादव, महर्षि मेही आश्रमका अध्यक्ष सदानन्द यादवले दयानन्द दिग्पालमाथि चर्चा तथा विमर्श गर्नुभएको थियो ।