पार्वती मेडिकोले बुझायो दुई लाख जरिवाना
इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा सञ्चालित पार्वती मेडिकोले जिल्ला प्रशासन कार्यालय इलामलाई दुई लाख रुपियाँ जरिवाना बुझाएको छ ।
हिमालय सुन्तला पर्यटन महोत्सव हुने
नेपाल, भारत, बङ्गलादेश र भुटानको सहभागिता रहने सातौँ हिमालय सुन्तला पर्यटन महोत्सव आगामी मङ्सिर २२ गते देखि २४ गतेसम्म पश्चिम बङ्गालको राजधानी कोलकत्तामा हुने भएको छ ।
वराहक्षेत्रमा जङ्गली हात्तीको आतङ्क
वराहक्षेत्र २, पुनर्वासका, कृष्णप्रसाद अधिकारी दुई हप्तादेखि राम्रोसँग निदाउन पाउनुभएको छैन । प्रत्येक साँझ एक हातमा बत्ती र अर्को हातमा लट्ठी बोकेर रात कटाउनु उहाँको दैनिकी नै बनेको छ ।
सर्पको टोकाइबाट बालकको मृत्यु
कपिलवस्तुमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार मृत्यु हुनेमा मायादेवी गाउँपालिका-३ खैराटीका सुनिल बरईको दुई वर्षीय छोरा सूर्य बरई छन् ।
आँखा पाक्ने रोग बढ्दै
आँखा पाक्ने रोगको प्रकोपले घोराहीस्थित राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान र तुलसीपुरस्थित राप्ती आँखा अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढेको छ ।
ताप्लेजुङमा घटेन ग्यासको मूल्य
सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य घटाए पनि ताप्लेजुङमा भने पुरानै मूल्यमा बिक्री गरिँदै आएको छ । सरकारले छोटो अवधिमै ग्यासको मूल्य दुई पटकसम्म घटाए पनि यहाँका व्यापारीले पुरानै मूल्यमा बिक्री गरिरहेका हुन् ।
पर्यटक लोभ्याउँदै ढङढङ्गे झरना
ताप्लेजुङको पूर्वी सिदिङ्वा गाउँपालिकामा रहेको ढङढङ्गे झरनाप्रति पर्यटक आकर्षित बन्दै गएका छन् । भारतको सिक्किम र पाँचथर जिल्लासँग
घण्टीनै घण्टीको महाघण्टीप्रति आकर्षण
धनकुटाको निसान मन्दीर परिसरमा एक घण्टी छ । जो धार्मिक पर्यटकको लागि निक्कै आकर्षक छ । निसान मन्दिर पुग्ने मात्र नभइ धनकुटा पुग्ने जोकोही सो घण्टीमा फोटो नखिचि फर्कदैनन् ।
उच्च जोखिममा झोलुङ्गे पुल
पूर्वी ताप्लेजुङ र पाँचथरको सीमा भएर बग्ने इन्द्रावती खोलामा आएको बाढीसँगै गएको पहिरोका कारण झोलुङ्गे पुल उच्च जोखिममा पुगेको हो।
मातृभाषा र लिपि संरक्षण गर्न तालिम
ताप्लेजुङमा शेर्पा समुदायले आफ्नो मातृभाषा र लिपिको संरक्षण गर्न तालिम सञ्चालन गरेको छ । नयाँ पुस्तासँगै हराउँदैगएको मातृभाषा र लिपिको संरक्षण तथा जगेर्ना गर्ने उद्देश्य राखेर तालिम सञ्चालन गरिएको हो ।
टिकाहरि–धनञ्जय क्रियाशील पत्रकारिता पुरस्कार स्थापना
नेपाल पत्रकार महासङ्घ धनकुटा शाखामा टिकाहरि–धनञ्जय क्रियाशील पत्रकारिता पुरस्कारका लागि अक्षय कोष स्थापना गरिएको छ ।
उजाडिँदै भोजपुरको ऐतिहासिक टक्सार बजार
बराइँसराइका कारण भोजपुरको ऐतिहासिक टक्सार बजार उजाड जस्तै भएको छ । तत्कालीन समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजार उजाड हुँदै गएको हो ।
सुरु भयो तिम्बुङ पोखरी यात्रा
उच्च पहाड, एकै छिनमा ड्याम्म कुहिरोेले ढाक्ने त एकै छिनमै हावा चलेर कुहिरो उडाइ लाने । एकान्त स्थल स्वच्छ वातावरण अनि चौँरी र भेडाको दुधसँगै दुधजन्य परिकार पाइने लेकाली गोठ । साँच्चिकै सुन्दर छ तिम्बुङ पोखरी ।
पार्वती मेडिकोलाई दुई लाख जरिवाना
बिक्री गर्न र प्रयोग गर्न नपाइने औषधि बिक्री तथा प्रयोग गरेको पाइएपछि इलामको फिक्कल बजारमा सञ्चालनमा रहेको पार्वती मेडिकोलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपियाँ जरिवाना गरेको छ ।
झापा कारागार तनावग्रस्त
कैदीको सरुवाको विषयमा कैदीबन्दीहरुले नाराबाजी सहित आन्दोलन गरेपछि कारागारभित्र तनाव सिर्जना भएको हो ।
आँखा पाक्ने रोगले विद्यालय बन्द गर्ने निर्णय
झापामा आँखा पाक्ने रोग फैलिएसँगै उपचारका लागि अस्पतालमा भीड लागेको छ । आँखा पाक्ने रोगका कारण बिर्तामोड र भद्रपुर नगरपालिकाका विद्यालय सोमवारसम्म बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
दाङमा व्यावसायिक फुटबल प्रशिक्षण केन्द्र
दाङमा बालबालिकालाई फुटबल खेलसम्बन्धी प्रशिक्षण गराउने उद्देश्यले लुम्बिनी फुटबल एकेडेमी सञ्चालनमा आएको छ ।
ओखलढुङ्गामा आँखा पाक्ने बिरामी बढे
ओखलढुङ्गामा आँखा पाक्ने रोगका बिरामीको संख्या बढेको छ । देशका विभिन्न ठाउँमा प्रकोपको रुपमा फैलिएको आँखा पाक्ने रोग यहाँ पनि फैलिएको पाइएको हो ।
खाद्य परीक्षण प्रयोगशाला प्रयोगविहीन
झापाको दमकमा डेढ वर्षअघि निर्माण गरिएको खाद्य परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छैन ।
अधिकांश विद्यालयका प्रधानाध्यापक अयोग्य
ताप्लेजुङका अधिकांश विद्यालयमा अयोग्य प्रधानाध्यापक रहेका छन् । जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा शिक्षा ऐन तथा नियमावलीमा व्यवस्था भएअनुसार अयोग्य अर्थात् योग्यता र मापदण्ड नपुगेका प्रधानाध्यापक रहेका छन् ।
ताप्लेजुङका अधिकांश विद्यालयका प्रधानाध्यापक अयोग्य
जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरुमा शिक्षा ऐन तथा नियमावलीमा व्यवस्था भएअनुसार अयोग्य अर्थात योग्यता र मापदण्ड नपुगेका प्रधानाध्यापक रहेका हुन्।
डेंगु रोकथामका लागि ‘लामखुट्टेको लार्भा खोजी नष्ट गर्ने अभियान’
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान’ सुरु गरिएको छ ।
अलैँचीको मूल्य वर्षभरिकै उच्च
किसानले फलाएको अलैँची शुक्रवार पाँचथरको सदरमुकाम फिदिममा प्रतिमन (चालिस किलो) ६० हजार रुपियाँमा किनबेच भएको छ । त्यही अलैँची झापाको बिर्तामोडमा प्रतिमन ६२ हजार रुपियाँमा किनबेच भएको फिदिमका अलैँची व्यवसायी खेमनाथ अधिकारीले जानकारी दिनुभयो ।
तरकारी बजारको विषादी परीक्षण प्रयोगशाला खुलाउन माग
बिर्तामोडको सब्जी बजारमा विषादीयुक्त तरकारी तथा फलफूल आउने र बिक्री वितरण हुने गरेको भए पनि यसको परीक्षण हुन नसकेको भन्दै उपभोक्ता जागरण अभियान झापाले तत्कालै विषादी अवशेष परीक्षण प्रयोगशाला खुलाउन माग गरेको छ । बिर्तामोडको सब्जी बजारमा रहेको विषादी परीक्षण प्रयोगशाला एक सातादेखि बन्द रहेको छ ।