• २० असोज २०८१, आइतबार

हिमालय सुन्तला पर्यटन महोत्सव हुने

blog

नेपालका प्रतिनिधहरु सहित भारतको सिलगुढीमा भएको छलफल ।

विष्णुपप्रसाद पोखरेल

दमक, साउन २१ गते । नेपाल, भारत, बङ्गलादेश र भुटानको सहभागिता रहने सातौँ हिमालय सुन्तला पर्यटन महोत्सव आगामी मङ्सिर २२ गते देखि २४ गतेसम्म पश्चिम बङ्गालको राजधानी कोलकत्तामा हुने भएको छ । 

नेपाल सहित महोत्सवमा सहभागी हुने मुलुकका प्रतिनिधिहरूबिच भारतको सिलगढीमा भएको छलफलले यो निर्णय गरिएको हो । ग्रामीण पर्यटनका गान्धी भनेर चिनिने पश्चिम बङ्गाल सरकारका इको टुरिजम विभाग प्रमुख सुप्रीतम राज बासुको उपस्थितिमा महोत्सवलाई विगतका महोत्सवभन्दा उत्कृष्ट बनाउनका लागि आवश्यक तयारीका विषयमा छलफल भएको बताइएको छ ।

एसोसिएसन फर कन्जरभेसन एन्ड टुरिजम नामक संस्थाको संयोजन र भारतीय सरकारको सरकारको सहयोगमा सन् २०१४ देखि महोत्सवको आयोजना हुँदै आएको छ । हिमालय क्षेत्रका नेपाल, भारत र भुटानमा फल्ने सुन्तला महोत्सवको विशेष आकर्षण हुने गरेको महोत्सवमा नेपालको तर्फबाट संयोजनकारी भूमिका खेल्दै आउनुभएका अर्जुन कार्कीले बताउनुभयो । 

नेपालको तर्फबाट अहिलेसम्मका सबै महोत्सवमा सहभागिता जनाउँदै सुन्तलासहित ग्रामीण क्षेत्रमा उत्पादन हुने अर्ग्यानिक जडीबुटी, फलफूल र हस्तकलाका सामग्रीको महोत्सवमा प्रचारप्रसार गरिँदै आएको पनि एसोसिएसन फर कन्जरभेसन एन्ड टुरिजमका महासचिव समेत रहनुभएका कार्कीले जनाउनुभएको छ ।