• २० असोज २०८१, आइतबार

झापा कारागार तनावग्रस्त

blog

विष्णुप्रसाद पोखरेल

दमक, साउन १९ गते । झापाको चन्द्रगढीस्थित झापा कारागारभित्र शुक्रबार अपरान्हदेखि तनाव सिर्जना भएको छ । कैदीको सरुवाको विषयमा कैदीबन्दीहरुले नाराबाजी सहित आन्दोलन गरेपछि कारागारभित्र तनाव सिर्जना भएको हो ।

कारागारभित्र आगजनी समेत भएपछि भद्रपुर, मेचीनगर र बिर्तामोडको दमकल त्यहाँ पुगेर आगजनी नियन्त्रण गरेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो । कारागारभित्र अवस्था तनावग्रस्त भएपछि कारागार परिसरमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालित भएको छ ।

कारागारमा रहेका कैदीबन्दीहरुले बाहिर सुरक्षाकर्मीहरु रहेको ठाँउमा समेत ढुङ्गा प्रहार गरेपछि थप तनाव सिर्जना भएको हो । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार अहिले अवस्था सामान्यजस्तै बनेको छ । 

कारागारमा रहनुभएका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारका कैदीबन्दीहरु आन्दोलनमा उत्रिएका थिए । “कारागारभित्र रहेका कैदीहरुका केहि माग सम्बोधनको कुरा उठेको छ र त्यस विषयमा छलफल गरिरहेका छौं”, पोखरेलले भन्नुभयो ।