• २० असोज २०८१, आइतबार

सर्पको टोकाइबाट बालकको मृत्यु

blog

नारद कोहार

तौलिहवा, साउन २१ गते । कपिलवस्तुमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार मृत्यु हुनेमा मायादेवी गाउँपालिका-३ खैराटीका सुनिल बरईको दुई वर्षीय छोरा सूर्य बरई छन् । 

बालकलाई आफ्नै घरको आँगनमा खेल्ने क्रममा नाम नखुलेको विषालु सर्पले टोकेको उहाँले बताउनुभयो । सूर्यलाई उपचारका लागि सर्पदंश अस्पताल गोरुसिङ्गे कपिलवस्तु लगेकोमा उपचार हुन नसकी कपिलवस्तु अस्पताल तौलिहवामा ल्याउने क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।