बिर्तामोड खानेपानीमा लोकतान्त्रिक प्यानल विजयी
बिर्तामोड खानेपानी तथा सरसफाइको निर्वाचनमा प्रजातान्त्रिक तथा राष्ट्रवादी समूहको प्यानल नै विजयी भएको छ ।
खिजिदेम्बाको जग्गा वर्गीकरण
खिजिदेम्बा गाउँपालिकाले भूवर्गीकरण गरेको छ। भूउपयोग नीति निर्माण गरेर पालिकाको जग्गा वर्गीकरण गरिएको हो। गाउँपालिकाले बनाएको भूउपयोग नीति अनुसार जग्गालाई सात प्रकारमा वर्गीकरण गरी कार्यपालिकाबाट पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले बताउनुभयो। आवासीय क्षेत्र, कृषि क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी खोला तथा ताल सिमसार क्षेत्रलगायतका आधारमा वर्गीकरण गरिएको उहाँको भनाइ छ।
आगलागीबाट डेढ करोड बरावरको क्षति
पाँचथरको फाल्गुनन्द गाउँपालिका –५, भञ्ज्याङस्थित पञ्चबहादुर चेम्जोङको घरमा आगलागी हुँदा डेढ करोड मूल्य बराबरको क्षति भएको छ ।
बिरामीलाई फलफूल वितरण गरी गणतन्त्र दिवस मनाइयो
राष्ट्रिय गणतन्त्र दिवस २०८० को अवसरमा सोमबार उदयपुरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । जसअनुसार त्रियुगा नगरपालिकाले जिल्ला अस्पतालमा रहेका करिब एकसय जना बिरामीलाई फलफूल वितरण गरेको छ ।
सुशासन र समृद्धिको यात्रामा प्रदेश सरकार : मुख्यमन्त्री कार्की
आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित १६औँ गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै उहाँले आम नागरिकले अनुभूति गर्ने गरी प्रदेश सरकारले काम गरिरहेको चर्चा गर्नुभयो । मुख्यमन्त्री कार्कीले इतिहासको गतिलाई कसैले पनि पछाडि धकेल्न नसक्नेमा जोड दिनुभयोे ।
कोशी प्रदेश नामकरणको विरोध : सडकमा आन्दोलन, संसद्मा बहस
कोशी प्रदेश नामकरण अस्वीकार गर्दै संशोधन गरेर पहिचान समेट्न माग राख्दै आन्दोलनरत पक्षले आइतबार विराटनगरमा प्रदर्शन गरेको छ। फागुन १७ गते कोशी प्रदेश नामकरणपछि पहिलो प्रदेश सभा बैठक बस्ने दिनलाई लक्ष्य गरेर भएको आन्दोलनमा पहिचान पक्षधर र प्रहरीबिच भएको झडपमा ४६ जना घाइते भएका छन्।
मुख्यमन्त्री कार्कीबाट शुभकामना
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १६औँ ‘गणतन्त्र’ दिवस को शुभ अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
पाँचथरको सदरमुकाम फिदिम बजारस्थित याङनाम होटलबाट प्रहरीले तास खेलिरहेको अवस्थामा नौजनालाई पक्राउ गरेको छ ।
कवि मोक्षको छन्दोबद्ध कविता सङ्ग्रह लोकार्पण
झापाकी उदीयमान छन्द कवि मोक्ष खतिवडाको दोस्रो कृति भावविम्ब कविता सङ्ग्रह लोकार्पण भएको छ ।
लम्पीस्किन रोगबाट ६० बढी गाईगोरु मरे
खोटाङमा लम्पीस्किन रोगको महामारी नियन्त्रण बाहिर गएको छ । जिल्लाका १० वटै पालिकामा देखापरेको लम्पीस्किन रोगले हालसम्म ६० बढी गाईगोरुको मृत्यु भएको हो ।
बाह्र हजारभन्दा बढी नयाँ नागरिकता जारी
जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको नौ महिनामा १२ हजार एक सय ७७ थान नयाँ नागरिकता जारी गरेको छ ।
श्रमदानबाट खानेपानी ट्याङ्की
धरान उपमहानगरपालिकामा स्थानीय बासिन्दाको श्रमदानबाट एक लाख लिटरभन्दा बढीको खानेपानी ट्याङ्की निर्माण गरिएको छ। यो ट्याङ्कीको नाम धन्यवाद खानेपानी ट्याङ्की राखिएको छ। दैनिक पम्प चलाउँदा एक महिनाको बिजुली बिल ५३ लाख रुपियाँसम्म आएकोमा उक्त खर्च बचाउन सतहको पानी सङ्कलन गर्ने अभियान र तत्कालका लागि खानेपानी समाधान गर्न धरान वरपरको खोलाबाट पानी सङ्कलन गर्ने काम भएको धरान–१५ स्थित सेउती खोला किनारमा निर्माण गरिएको धन्यवाद खानेपानी ट्याङ्कीको शुक्रबार उद्घाटन गर्दै नगर प्रमुख हर्क साम्पाङ राईले बताउनुभयो।
सवारी भाडादर घटाएपछि यातायात बन्द
इन्धनको मूल्य घटेसँगै मेची राजमार्गमा सञ्चालन हुने यात्रुवाहक सवारी साधनको भाडादर घटाएको विरोधमा शनिबार यातायात व्यवसायीले यातायात बन्द गरेका छन् ।
पौडी खेल्नेक्रममा डुबेर युवकको मृत्यु
झापाको धार्मिक पर्यटकीय क्षेत्र सताक्षीधामको झर्नामा पौडी खेल्नेक्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।
पूर्व नगर प्रमुखहरूको सम्मानमा मेयर पार्क निर्माण हुँदै
उदयपुरको त्रियुगा नगरपालिकाले पूर्व नगरप्रमुखहरूको सम्मानमा पर्यटन क्षेत्र विकास कार्यक्रम अन्तर्गत वडा ४ बगाहास्थित माटेखाडी सालघारी क्षेत्रमा आईल्याण्डसहितको मेयर पार्क निर्माण सुरु गरेको छ ।
मकालु बेस क्याम्पमा एकको मृत्यु
सङ्खुवासभाको मकालु गाउँपालिका –२ मकालु बेस क्याम्पमा एक जनाको मृत्यु भएको छ ।
नदी कटान संरक्षण सम्पन्न
सप्तकोशीको बहाव गाउँतिर मोडिएपछि नदी कटानको उच्च जोखिममा परेको उदयपुरको बेलका नगरपालिका–८ स्थित मेखबारी क्षेत्रको खेतीयोग्य जमिन र मानव बस्ती जोगाउन ‘रिभेटमेन्ट वाल’ अर्थात् कटान क्षेत्रको भित्तो संरक्षण गरिएको छ ।
भोक्राहामा निःशुल्क स्वास्थ्य बीमाकार्ड वितरण
गरिब तथा विपन्न परिवारको स्वास्थ्य अधिकारलाई ध्यानमा राखेर सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले ३५० जना घरपरिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य बीमाकार्ड वितरण गरेको छ ।
हावाहुरीले घर र विद्यालयमा क्षति
बिहीबार साँझ वर्षासँगै आएको हावाहुरीले खोटाङमा घर तथा विद्यालयको छानामा क्षति पुगेको छ । हावाहुरीले दिप्रुङ चुईचुम्मा गाउँपालिका –४ बतासेस्थित महेन्द्रतारा आधारभुत विद्यालयको दुईवटा भवनको छाना उडाएको छ ।
हावाहुरीबाट विद्यालयमा क्षति, पठनपाठन प्रभावित
वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ ।
अमेरिका जान अस्वीकार गर्नुहुने सक्कली भुटानी शरणार्थी : डम्बरकुमारी
हातमा एउटा लौरो, पछाडिपट्टि हातले बुनेको एउटा झोला, निधारमा चन्दनको टिका र एउटा हरे राम लेखिएको साना गाम्चा लगाएर यताउता हिँडडुल गर्दैमा उहाँको दिन बित्छ । उहाँ हुनुहुन्छ, सक्कली भुटानी शरणार्थी महिला डम्बरकुमारी काफ्ले । अहिले नक्कली भुटानी बनेर विदेश जान खोजेको र करोडौँको चलखेल भइरहेको विषय उहाँलाई जानकारी छैन ।
उत्पादनमूलक क्षेत्रमा सरकारको सहयोग रहन्छ : मन्त्री सिटौला
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले उत्पादनमूलक क्षेत्रमा सरकारले आवश्यक सहयोग गर्ने बताउनु भएको छ ।
सुरक्षा व्यवस्था सुदृढ गर्न निर्देशन
जिल्ला सुरक्षा समिति सुनसरीका सुरक्षा अधिकारीले बिहीबार सीमाबाट हुने अवैध चोरी तस्करी नियन्त्रण गर्न मातहतका प्रहरी चौकीहरूलाई निर्देशन दिएका छन् । केही दिनअघि मात्रै सीमावर्ती क्षेत्र र सीमा स्तम्भको अनुगमन तथा निरीक्षण गरेका अधिकारीले बिहीबार हरिनगरको रामनगर भुटाहा प्रहरी चौकी, घुस्की प्रहरी चौकी, देवानगन्जको इलाका प्रहरी कार्यालय, छोटी भन्सार कार्यालय कौवाखोचको अनुगमन गर्नुभएको थियो ।
पैसा खाने सडक : छ सय मिटर मर्मतमै तीन करोड
ऐँसेलुखर्क गाउँपालिका जोड्ने छ सय मिटर सडकमा हालसम्म तीन करोड रुपियाँभन्दा बढी रकम खर्च भएको छ। २०७२ सालमा ट्र्याक खोलिएको कच्ची सडक मर्मतका लागि मात्र तीन करोड २८ लाख रुपियाँ खर्च भएको हो। ऐँसेलुखर्क गाउँपालिका–७, माक्पा र रावा बेँसी गाउँपालिका–५, दुबेकोलको सिमानामा पर्ने भिरपानी कच्ची सडक मर्मतका लागि मात्र त्यति धेरै रकम खर्च भएको हो। भिरपानी सडक त्यही बाटो हो, जहाँ हरेक वर्ष बर्खा लागेसँगै गाडी फस्ने तथा थुनिने गर्छ। ग्रेड नमिलाई खनिएको भिरपानी सडक ट्र्याक खोल्ने व्रmममा ठुलो चुनौती मोलिएको सडक निर्माणमा संलग्नहरू बताउँछन्।