नगर प्रमुखविरुद्ध पत्रकारको मौन जुलुस
धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईविरुद्ध नेपाल पत्रकार महासङ्घ सुनसरीले सोमबार मौन जुलुस प्रदर्शन गरेको छ ।
२ वटा पेस्तोलसहित ३ जना पक्राउ
धरान उपमहानगरपालिकाबाट २ वटा पेस्तोलसहित ३ जनालाई पक्राउगरी ईलाका प्रहरी कार्यालय धरान सुनसरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
तीर्थयात्री चढेको बस दुर्घटनामा चार घाइते
ताप्लेजुङमा अवस्थित पाथिभरा देविको दर्शन गर्न हिँडेका यात्री चढेको बस दुर्घटना हुँदा चार जना तीर्थयात्री घाइते भएका छन् ।
नहरमा डुबेर युवतीको मृत्यु
झापा शिवसताक्षी नगरपालिका १० स्थित सिँचाइको लागि बनाइएको कनकाई नगर सरधरेमा डुबेर एक युवतीको ज्यान गएको छ ।
स्थानीय परिकारप्रति पर्यटकको आकर्षण
पछिल्लो समय उदयपुरको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र रौता पोखरीको दर्शन गर्न पर्यटकको वृद्धि भएसँगै त्यहाँ सञ्चालित ‘होमस्टे’ अर्थात् घरबासमा आउने पाहुनालाई स्थानीय परिकारले आकर्षित गरेको छ। जिल्लाको धार्मिक तथा पर्यटकीय पहाडी क्षेत्र रौतामा स्थानीय जात जातिसँग सम्बन्धित खानाका विभिन्न परिकारप्रति पाहुनाहरूको आकर्षण बढेको हो। अघिल्लो वर्षदेखि नै रौता पोखरीको दर्शनका लागि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै यहाँका होमस्टेमा पाइने मौलिक खानाप्रति पाहुनाको आकर्षण धेरै हुने गरेको होमस्टे सञ्चालकहरू बताउँछन्।
प्रमुख हर्क साम्पाङले गर्नुभयो वडाध्यक्षहरूको माग सम्बोधन
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले वडाध्यक्षहरुले राखेको मागको सम्बोधन गर्नुभएको छ ।
दूध सर्केर नाबालिकाको मृत्यु
ताप्लेजुङमा आमाको दूधले सर्केर एक नाबालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिरिजङ्घा गाउँपालिका –२ आम्बेगुदिनका कृष्णबहादुर विष्ट र हिमादेवी कटुवाल विष्टकी दुई महिने नाबालिका छोरीको दूधले सर्किँदा मृत्यु भएको हो ।
मदन राईलाई सात दिन थुनामा राख्न अनुमति
बाल यौन दुरुपयोग कसुरमा शनिबार पक्राउ परेका राईलाई आइतबार जिल्ला अदालत खोटाङले सात दिन थुनामा राख्न अनुमति दिएको हो।
चितुवाको आक्रमणबाट तीन जना घाइते
धनकुटाको चौविसे गाउँपालिका ५ बोधेस्थित जङ्गलमा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् ।
सुवेदी र देवराजाचार्य पुरस्कृत
नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठानले साहित्यकार दधिराज सुवेदी र संस्कृतिविद् स्वामी देवराजाचार्यलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले नगेन्द्रप्रसाद–आशालता रिजाल भाषा साहित्य पुरस्कार साहित्यकार सुवेदीलाई र नगेन्द्रप्रसाद–आशालता रिजाल धर्म संस्कृति पुरस्कार सम्प्रदाय नेपालका अध्यक्ष आयुर्वेदाचार्य एवं वैदिक धर्म संस्कृतिविद् स्वामी देवराजाचार्यलाई प्रदान गरेको हो ।
बयालिस किलोमिटर सडक कालोपत्रे
यो वर्ष पाँचथरमा ४२ किलोमिटर सडक कालोपत्रे गरिएको छ। फिदिम नाङ्गिन याङनाम सडकखण्डको ३५ र फिदिम रानिटार गोरुवाले सन्दकपुरको सात किलोमिटर सडक कालोपत्रे गरिएको हो।
वीरगंज युनाइटेड सेमिफाइनलमा
वीरगंज युनाइटेड धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगीताको सेमिफाइनल प्रवेश गरेको छ ।
पोलमा चढ्नुभएका माझीकाे उद्धार
सडक किनाराको पर्खाल बलियो र गुणस्तरीय बनाउन माग गरेर पोलमा चढेका बुढीगंगा –७ डंग्राहाका ४० वर्षे दिनेशकुमार माझीकाे उद्धार गरिएकाे छ ।
सगरमाथा आरोहण सुरु
यस वर्षको वसन्त ऋतुमा आजदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले आज (शनिबार) दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो ।
हाइटेन्सन लाइनको पोलमा सात घण्टादेखि युवा, उद्धार प्रयास जारी
सडक किनाराको पर्खाल (रिटेनिङ वाल) बलियो र गुणस्तरीय बनाउन माग गर्दै एक युवाले १ लाख ३२ हजार भोल्टको विद्युत प्रसारण लाइनको पोलमा चढेका छन् । युवाको उद्धार गर्न सुरक्षाकर्मी लागे पनि सफल भएका छैनन् ।
विवाह दर्ताको प्रमाण नहुँदा रोकिएको प्रमाणीकरणले पिरोलेको शरणार्थीको जिन्दगी
सबै आफन्त र छरछिमेक तथा साथीभाइहरू भुटानी शरणार्थी शिविरबाट अमेरिका पुगिसके । तर भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहनु भएका ५४ वर्षीय नन्दलाल तामाङ र उहाँको परिवार भने अनिश्चित भविष्य रहेको भन्दै चिन्तामा रहेको पाइएको छ ।
‘गोरखापत्र जनताको अखबार’
गोरखापत्र प्रकाशनको १२३ औँ वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६१ औँ वार्षिकोत्सवको अवसरमा संस्थानको विराटनगरस्थित पूर्व क्षेत्र प्रकाशन कार्यालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गरियो। कार्यक्रम का सहभागी वक्ताहरूले गोरखापत्र दैनिकले पछिल्लो समयमा नागरिकको पत्रिकाको भूमिका निर्वाह गर्दै आएको चर्चा गर्दै जनताको प्रतिनिधित्व गर्दै जनभावना बोल्ने अभियानलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
भुटानी शरणार्थीको गुनासो
झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहेका भुटानी शरणार्थीले आफूहरूलाई शरणार्थीको दर्जा नदिइएकाले राज्यविहीन भएको गुनासो गरेका छन्। शरणार्थीका रूपमा वर्षौंदेखि शिविरमा रहँदा वास्ता नगरिएको तर शिविर नै नटेकेकाले शरणार्थीको मान्यता पाएको सुन्दा आफूहरू दुःखी भएको गुनासो उनीहरूको छ। रकम तिरेर शरणार्थी बनिरहेको सुन्दा आफूहरू छक्क परेको शिविरका शरणार्थीले बताएका छन्। उनीहरूले एकमत हुँदै भने, “आफूहरूलाई कि भुटानी होइनन् भनेर प्रमाणित गर्नुप-यो कि नेपाली हुन् भन्न सक्नुप-यो तर यसरी राष्ट्रियताविहीन बनाउन भएन।”
किरिया गरिएका व्यक्ति घरमा टुप्लुक्क!
निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला ? झापा हल्दीबारी–८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ। केहीक्षण त पत्याउनै नसकिने माहोल बन्यो। परिवारका सदस्य खुसीले रुन थाले तर किरिया गरिसकिएका सुरज कार्कीको भनिएको शव कसको थियो भन्ने यति बेला निकै रहस्यको विषय बन्न पुगेको छ।
सुरक्षा अधिकारीद्वारा सीमा स्तम्भको अनुगमन
सुनसरीका सुरक्षा अधिकारीले सीमावर्ती क्षेत्र र सीमा स्तम्भको अनुगमन तथा निरीक्षण गरेका छन्।
यौन दुर्व्यवहार आरोपमा कृषिविज्ञ राई प्रहरी नियन्त्रणमा
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित ‘शुभद्रा–मदन फाउन्डेसन’ (शुभम्का) संरक्षक एवम् कृषिविज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आगलागीबाट १० लाख बढीको क्षति
इलामको माई नगरपालिका –२ जरायोटारका पूर्णबहादुर माबोहाङ्ग लिम्बूको घर जलेर नष्ट भएको छ । घरमा अचानक आगलागि हुँदा करिब १० लाख बढीको क्षति भएको छ ।
मैवाखोलाद्वारा आलुको मूल्य निर्धारण
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आलुको मूल्य निर्धारण गरेको छ ।
जङ्गलको आगो घरमा सल्कियो, एक अशक्त युवकको मृत्यु
जङ्गलमा लागेको आगो नजिकैको घरमा सल्किएर आगलागी हुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाको लाक्सेबुङमा एक अशक्त युवकको जलेर मृत्यु भएको छ ।