• ९ जेठ २०८१, बुधबार

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

blog

राजकुमार भट्टराई 

खोटाङ, साउन १२ गते । खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणी पोखरीमा ट्याक्टर दुर्घटना हुँदा चालक सोही पालिका ३ सावाकटहरेका २९ वर्षीय पवन तामाङको मृत्यु भएको हो ।

खोटाङ बजारबाट रसुवातर्फ जाँदै गरेको ना ६ त २४६६ नम्बरको ट्याक्टर इन्द्रेणी पोखरीस्थित नेर्लामा बिहीबार दिउँसो करिब सवा १ बजे दुर्घटना भएको थियो । सडकबाट करिब ५० मिटर तल खसेको ट्याक्टरका चालक तामाङ गम्भीर घाइते भएका थिए । उपचारका लागि धरान लाने क्रममा तामाङको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय खोटाङ बजारले जनाएको छ । उदयपुरको साउनेमा पुगेपछि राति ८ः३० बजे मृत्यु भएका ट्याक्टर चालक तामाङको पोस्टमार्टमका लागि इन्द्रेणी पोखरी ल्याइएको प्रहरीको भनाइ छ ।  

खोटाङ बजारमा पानी बोक्ने ट्याङ्की छाडेर पछाडिको डाला बिना ट्याक्टरको अगाडिको भाग मात्रै फर्किएको बेला दुर्घटना भएको हो । ट्याक्टरमा चालक तामाङ मात्रै सवार रहेको इलाका प्रहरी कार्यालय खोटाङ बजारले जनाएको छ ।