• ८ जेठ २०८१, मङ्गलबार

जिप्रका सुनसरीमा राष्ट्रिय वाणिज्य बैंकको काउण्टर सञ्चालन

blog

जिप्रका सुनसरीमा राष्ट्रिय वाणिज्य बैंकको काउण्टर सञ्चालनमा । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, साउन ११ गते ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा आउने सेवाग्राहीको सहजताका लागि राष्ट्रिय वाणिज्य बैंकको काउण्टर सञ्चालनमा ल्याइएको छ ।

नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा कार्यालयमा आउने सेवाग्राहीहरुको सहजताका लागि काउण्टर सञ्चालनमा ल्याइएको हो ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले यही साउन ७ गतेदेखि राष्ट्रिय वाणिज्य बैंकको काउण्टर स्थापना गरी राजस्व सङ्कलन कार्यको सुरुवात गरेको जानकारी दिनुभयो । प्रजिअ पाण्डेका अनुसार सरकारी कार्यालयमा सरकारी बैंकको काउण्टर सञ्चालनमा आएपछि सेवाग्राहीलाई निकै सहज भएको छ ।