अवैध सामानसहित भारतीय ट्रक प्रहरी नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले लाखौँ रुपियाँ मूल्यको अवैध सामानसहित एक चालकलाई ट्रकसहित पक्राउ गरेको छ ।
ठेला व्यापारबाटै मनग्य आम्दानी
काम गर्ने आत्मविश्वास र शरीरमा जाँगर हुने हो भने पैसा कमाउन विदेश नै जानुपर्छ वा कुनै ठूलो कार्यालयमा जागिर नै खानु पर्दैन ।
२२७ किलो गाँजासहित दुई जना पक्राउ
सुनसरीको धरान उपमहानगरपालिका–१३ शिवधारास्थित कोशी राजमार्गबाट २२७ किलो ४ सय ग्राम गाँजसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा दुई जनाको निधन
धनकुटाको चौबिसेबाट लेटाङतर्फ आउँदै गरेको प्र.१–०२–००१ ज ३९५३ नं को बोलेरो पिक अप दुर्घटनामा परी घाइते भएका दुई जनाको निधन भएको छ ।
प्रदेशविरुद्ध तथ्यहीन आलोचना नगर्न आग्रह
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनाका कारण क्षेत्रगत विकासमा महत्वपूर्ण योगदान पुगेको भन्दै प्रदेशका विरुद्ध तथ्यहीन आलोचना र टिप्पणी नगर्न आग्रह गर्नुभएको छ ।
काँकडभिट्टाबाट सत्र करोडको बन्दाकोभी भारत निर्यात
काकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको हो ।
एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा मगर
नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलको उपनेतामा रामबहादुर राना मगर मनोनीत हुनुभएको छ । एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार राना मगरलाई दलको उपनेता मनोनीत गर्नुभएको हो ।
अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई घाइते
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट –२ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।
पहाडी क्षेत्रबाट बसाइँसराइ रोक्नुपर्छ : मुख्यमन्त्री
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडबाट बसाइँ सरेर तराई झर्ने क्रम रोक्न पहाडी क्षेत्रमा फलफूल खेती विस्तार गर्न आवश्यक भइसकेको बताउनुभएको छ। पहाडी क्षेत्रमा काष्ठफल तथा फलफूल विकास आयोजनाको प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीमा मङ्गलबार बोल्दै उहाँले आम्दानीको दिगो स्रोत बढाउन नसक्दा पहाड उजाड बनेको बताउनुभएको हो। उहाँले गरिबी निवारण, आयात प्रतिस्थापन, उत्पादन वृद्धि, जमिनको सही ढङ्गले प्रयोग गर्नसके पहाडी क्षेत्रको बसाइँसराइ रोक्न सकिने बताउनुभयो। त्यसका लागि स्थान विशेषमा हुने भूमिको उत्पादकत्व वृद्धि गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो।
अध्यक्षको कार्यकक्षमा तालाबन्दी
कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहितको केन्द्र यथास्थानमा राखिनुपर्ने मागसहित एक समूहले मङ्गलबार गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताला लगाएको छ। सोमबार भएको १३औँ गाउँ सभाको दुई तिहाइ बहुमतले गाउँपालिका भवन कानेपोखरी–५ को भौंसाबारीमा सार्ने निर्णय गरेको थियो।
पाथीभरामा दर्शनार्थीको भीड
ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा तीर्थयात्रीको भीड लागेको छ । आज मात्रै मन्दिरको दर्शन गर्न चार हजारभन्दा बढी भक्तजन पाथीभरामा पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
प्रविधिले नागरिकको जीवनशैली सहज
प्रविधिको विकास र प्रयोगले नागरिकको जीवनशैलीमा सहजता ल्याएको ताप्लेजुङमा आयोजित एक अन्तर्क्रियामा सहभागीले बताएका छन्।
स्थापना दिवसमा विभिन्न व्यक्ति सम्मानित
संयन्त्र सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो बेतनाले आठौँ स्थापना दिवसका अवसरमा विभिन्न सङ्घ संस्था र व्यक्तिलाई सम्मानित गरेको छ ।
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप धान्न नसक्ने भएपछि भर्ना बन्द
ताप्लेजुङको एक सामुदायिक विद्यालयले चाप धान्न (थेग्न) नसक्ने भएपछि विद्यार्थी भर्ना बन्द गरेको छ । सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयले अत्यधिक चाप बढेपछि विद्यार्थी भर्ना बन्द गरेको हो ।
वैशाख २२ गतेबाट रारा गोल्डकप
आउँदो वैशाख २२ गतेबाट अग्नि वसुन्धरा स्मृति १० औँ गोर्खा स्ट्रङ रारा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ ।
सीमावर्ती सडक शिलान्यास
इनरुवा नगरपालिका–४ को हनुमान चोकदेखि सीमावर्ती देवानगञ्ज गाउँपालिकासम्म जोड्ने सडकको शिलान्यास गरिएको छ। पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सुनसरी–४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार शिलान्यास गर्नुभएको हो। कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटबाट सो सडक निर्माण हुन लागेको हो।
अध्यादेशपछि कर्मचारीको राजीनामा
कोशी प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश ल्याएपछि त्यसको असर स्थानीय तहमा परेको भन्दै विराटनगर महानगरपालिकाले असन्तुष्टि जनाएको छ। स्थानीय तहमा लामो समयदेखि कार्यरत अस्थायी तथा करार सेवाका कर्मचारीले अध्यादेश जारीसँगै राजीनामा दिन थालेपछि प्रदेश सरकारसँग स्थानीय सरकार रुष्ट देखिएको हो।
धिमाल समुदायका जात्रीपर्व सुरु
आदिकालमा धिमाल जातिका युवाले एकापसमा आफ्नो जीवन साथी हेर्न जाने र मन मिले पान, सुपारी, छोकडा दिएर प्रेम प्रस्ताव राख्ने सांस्कृतिक परम्परा बोकेको जात्री पर्व मनाउने शैली आधुनिकतासँगै बदलिएको छ। जात्रीमा अचेल पान सुपारी, छोगडाभन्दा जेरी, मिठाई र परम्परागत चिचिरीभात, गेन्द्रो भन्दा आधुनिक खानाको व्यापार फस्टाउन थालेको छ। पहिलेपहिले धिमाल पुरुष आफ्नो पोसाकमा मेला भर्न आउँथे। अचेल जात्रीमा धिमाल पुरुष आफ्नो पोसाकमा देखिन छोडे। महिलाहरू परम्परागत पेटानीमा सजिएर आउँछन् तर पेटानी लगाउने महिलाको सङ्ख्या पनि घटेको छ।
न्यूरो सर्जनहरूबीच अनुभव आदान प्रदान
नोबेल शिक्षण अस्पतालको न्यूरो सर्जरी विभागले ७ औं वार्षिकोत्सवको अवसर पारेर न्यूरोभास्कुलर र न्यूरोक्रिटिकल सम्मेलन आयोजना गरेको छ ।
ताप्लेजुङमा भूमिहीनका एक हजार चार सय बढी निवेदन
ताप्लेजुङमा राष्ट्रिय भूमि आयोगसमक्ष एक हजार सय बढी भूमिहीनले निवेदन दिएका छन्। राष्ट्रिय भूमि आयोग जिल्ला समितिले निवेदन दिन आह्वान गरेको समयावधिमा कुल एकहजार ४३४ जना भूमिहीनले निवेदन दिएका हुन्।
‘सबै प्रक्रिया पूरा गरेर प्रदेश नामकरण भएको हो’
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधान, प्रदेश सभा नियमावली र नेपालका सबै कानुन, विधि र प्रक्रिया पूरा गरेर प्रदेशको नामकरण गरिएको बताउनुभएको छ ।
सांसदकै नेतृत्वमा विरोध प्रदर्शन
सडक कालोपत्रे काममा ढिलासुस्ती भएको भन्दै ठेकेदारविरुद्ध सांसदको नेतृत्वमा चक्काजाम गरिएको छ। गाईघाट–दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत खोटाङस्थित महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम अलपत्र पारेको भन्दै कोशी प्रदेश सभा सदस्य पाँचकर्ण राईको नेतृत्वमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीय बासिन्दाले आइतबार बिहान चक्काजाम गरेका हुन्।
अरुण नदीको बाँध भरिएर पुरानै बाटोबाट बग्न थाल्यो
अरुण तेस्रोमा सुरुङबाट पठाइएको पानी पहिरोको कारण थुनिएपछि पुरानो मार्ग भएर बग्न थालेको छ । पहिरोले सुरुङ बन्द भएपछि पानीलाई निर्माणाधीन बाँधमा पठाइएको पानी भरिएर पुरानो मार्ग भएर बग्न थालेको हो ।
अध्यक्ष ओलीलाई निसाना बनाउने काम भयो : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्खर पोखरेलले सरकारनिकट ब्यक्तिलाई संरक्षण गरी प्रतिपक्षीलाई निसाना बनाउने रणनीति सरकारले लिएको टिप्पणी गर्नुभएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिकाको नाम्जेमा एमालेको ग्रासरुट अभियानको समीक्षा बैठकका क्रममा उहाँले सो टिप्पणी गर्नुभएको हो ।