कामका आधारमा कर्मचारीको मूल्याङ्कन हुनेछ : अर्थमन्त्री डा.महत
कर्मचारीको मूल्याङ्कन कामका आधारमा हुने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभएको छ । कर्मचारीले जिम्मेवारी इमान्दार, पारदर्शी र समर्पणका साथ पूरा गर्न उहाँले निर्देशन दिनुभएको छ ।
चट्याङ लागेर छोराको मृत्यु, बाबु–आमा घाइते
ताप्लेजुङमा बुधवार राति परेको चट्याङले लागेर नाबालक छोराको मृत्यु भएको छ भने बाबुआमा घाइते भएका छन् ।
२४ वर्ष पछि रगरगे मेला हुने
धनकुटाको सिधुुवामा २४ वर्ष पछि चण्डीपूर्णे (रगरगे) मेला आयोजना गरिने भएको छ । चण्डी पूर्णिमाको अवसरमा आउँदो वैशाख २२ गते मेला आयोजना गर्न लागिएको हो । बुधवार आयोजकले मेलाको बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
गाँजासहित गाडी नियन्त्रण
भारतीय सीमातर्फ लैजाँदै गरेको अवस्थामा विराटनगरबाट १२० केजी गाँजासहित भारतीय नम्बरको स्कार्पियो गाडी पक्राउ परेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३ हेडक्वाटर कङ्कालिनीको टोलीले बुधबार विराटनगर–१, नोबेल डेरी चोकबाट गाँजा र गाडी पक्राउ गरेको हो । इटहरीबाट विराटनगर आइरहेको बीआर–११भी ७६४५ नम्बरको सेतो–कालो गाडीलाई टङ्कीसिनवारी चोकमा रोक्न खोजिएको थियो । सशस्त्र प्रहरी बलको टोलीले रोक्न खोज्दा भागेको उक्त गाडीलाई पिछा गर्दा विराटनगर–१, नोबेल डेरी चोकमा रोकिएको अवस्थामा फेला परेको थियो ।
मेची पारिको विद्यालय बन्द हुँदा....
सीमामा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी) को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन् ।
ढकमक्क फुलेको शिरिषको फूल
सुनसरीको इनरुवास्थित जिल्ला अस्पताल परिसरमा ढकमक्क फुलेको शिरिषको फूल । तस्बिर : नवीन गड्तौला,रासस
खानेपानी समस्या समाधानमा जनताको सहभागिता
धरान उपमहानगरपालिकामा खानेपानी समस्या समाधान गर्न कोकाहा खोलाको पानी ल्याउन जनता आफै श्रमदानमा उत्रेका छन् । सुख्खा याममा धरानमा पानीको हाहाकार हुनेगर्छ । पानीका समस्याले सर्बसाधारणलाई सास्ती खेप्नुपर्ने समस्या नयाँ होइन । गत स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनुभएका हर्कराज राईको मुख्य एजेण्डा नै खानेपानी समस्या समाधान गर्ने रहेको थियो ।
पूर्व प्रधानमन्त्री ओलीद्वारा सीमा क्षेत्रको निरीक्षण
नेकपा (एमाले) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार इलामको पशुपतिनगरस्थित नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुभएको छ। सीमा निरीक्षणका क्रममा ओलीले दशगजा क्षेत्र मिचेर वर्षौंदेखि सुरक्षा पोष्ट राखिएको प्रमाणित भएको बताउनुभयो।
हात्ती धपाउन टर्चलाइट र साइरन सहयोग
झापाको कमल गाउँपालिका –३ ले हात्ती धपाउन साइरन र टर्चलाइट वितरण गरेको छ । हात्तीका कारण स्थानीयहरु त्रसित बनेपछि हात्ती धपाउन र हात्ती आएको जानकारी दिन साइरन बजाइने भइको छ ।
स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु
झापामा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
घेराबन्दी तोडेर एमाले अगाडि बढिरहेको छ : एमाले अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताउनुभएको छ।
पाँचथरको याङवरकमा एक महिला मृत फेला
पाँचथरको याङवरक ६ टाहारीकी ४३ वर्षीय इन्द्रकुमारी बेघाको शव बङ्गुरको खोरमा भेटिएको छ ।
भन्सार छलेर भित्र्याइँदै अवैध मकै
झापाको दक्षिणी सीमावर्ती गाउँपालिकाहरूमा भारतबाट अवैध रूपमा मकै आउने गरेको पाइएको छ । भारतबाट सवारी साधनमा हालेर नै अवैध रूपमा मकै ल्याउने गरेको पाइएको हो ।
दुर्घटनामा घाइतेको मृत्यु
मोरङको सुन्दरहरैचा वडा नम्बर ८ सलकपुरमा बसको ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
नगर विकास पत्रकारिता कोष स्थापना
फिदिम नगरपालिकाले नगर विकास पत्रकारिताका लागि पाँच लाख रुपियाँको पुरस्कार कोष स्थापना गरेको छ । कोष नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाको स्वामित्वमा रहने गरी स्थापना गरिएको हो ।
स्कुल बसले ठक्कर दिँदा नाबालिकाको मृत्यु
झापामा स्कुल बसले ठक्कर दिँदा अढाई वर्षीया नाबालिकाको ज्यान गएको छ । कमल गाउँपालिका वडा नं. २ भुत्लुङमा नवोदय बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा पवन सुवेदीकी अढाई वर्षीया छोरी किन्जल सुवेदीको ज्यान गएको हो ।
बजेटको आकार घट्छ : मुख्यमन्त्री
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अर्थतन्त्र कमजोर भएका कारण आगामी बजेटको आकार दस अर्बले कम हुन सक्ने सम्भावना रहेको बताउनुभएको छ। उद्योगी–व्यवसायीसँग मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मङ्गलबार आयोजित छलफल कार्यक्रममा उहाँले कोरोनापछि अर्थतन्त्र सबैभन्दा कमजोर अवस्थामा पुगेको बताउनुभएको हो। उहाँले निजी क्षेत्र र तीन तहका सरकारबीच आपसी समझदारी र सौहार्दपूर्ण व्यवहारले मात्रै अबको अर्थतन्त्र उठाउन सकिने बताउनुभयो।
बिदामा सेवा दिंदै प्रशासन कार्यालय इलाम
जिल्ला प्रशासन कार्यालय इलामले १६ वटा पर्व र जयन्तीजस्ता बिदामा नागरिकलाई सेवा दिनेभएको छ । कामको चाप हुँदा शनिबार पनि सेवा दिंदैआएको जिल्ला प्रशासन कार्यालयले शनिबारसहित २०८० को १६ वटा बिदामा नागरिकलाई सेवा दिने भएको हो ।
३२ लाख खर्च गरेर कभर्ड हल निर्माण
सुनकोशी गाउँपालिका ओखलढुङ्गाले करिब ३२ लाख खर्च गरेर ब्याडमिन्टन कभर्ड हल बनाएको छ । सुनकोशी गाउँपालिका –५ मुलखर्कमा गाउँपालिकाले ३१ लाख ८२ हजार ७ सय ५ रुपियाँ बजेट खर्च गरेर कभर्ड हल बनाएको हो ।
डढेलोका कारण जोखिममा बस्ती
यही फागुन र चैतमा धनकुटाको महालक्ष्मी नगरपालिकाका १० घरमा आगलागी भयो। वनजङ्गलमा लागेको डढेलो बस्तीसम्म पुग्दा करिब दुई महिनाको अन्तरालमा महालक्ष्मी नपाका १० घरमा आगलागी हुन पुग्यो। पछिल्लो समय वनजङ्गलमा आगलागी भइहाले बस्ती जोखिममा पर्ने महालक्ष्मी नपाका प्रमुख ध्रुवराज रायले बताउनुभयो। “दुई महिनाको अन्तरालमा कैयौँ हेक्टर वन र १० घर जलिसकेका छन्। अझै धेरै जोखिममा छन्,” उहाँले भन्नुभयो, “वनमा डढेलो कसले लगाउँछ थाहा हुँदैन, लागिसकेको डढेलो नियन्त्रणमा लिन धेरै गाह्रो हुन्छ।”
प्रमुख विहीन मालपोत कार्यालय, सेवाग्राहीलाई सास्ती
मालपोत कार्यालय खोटाङमा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन् । लामो समयदेखि कार्यालय प्रमुख रिक्त हुँदा दैनिक काम समेत प्रभावित भएर सेवाग्राहीले सास्ती भोग्नु परेको हो ।
बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न सुरु
शिवसताक्षी नगरपालिका –९ मा बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न सुरु गरेको छ । विभिन्न कारण देखाउँदै २०४६ सालदेखि बन्द भएको आइतबारे हाट आइतबारदेखि लाग्न सुरु भएको हो । सो बजार २०४२ सालमा स्थापना गरी सञ्चालनमा ल्याइएको थियो ।
मङ्गलबारे–पाराबारी सडक कालोपत्रे
शिवसताक्षी नगरपालिका–२ स्थित मङ्गलबारे–पाराबारी सडक कालोपत्रे भएको छ। शिवसताक्षी नगरपालिका–२ कार्यालय र स्थानीय उपभोक्ताको संयुक्त साझेदारीमा सडक कालोपत्रे गरिएको हो। शिवसताक्षी नगरपालिकाबाट विनियोजित ६१ लाख ६० हजार रुपियाँ, वडा नं. २ को कार्यालयबाट विनियोजित बजेट १८ लाख रुपियाँ र स्थानीय उपभोक्ताबाट सङ्कलित १९ लाख ९८ हजार ७०५ रुपियाँ गरी ९९ लाख ९८ हजार ७०५ रुपियाँको लागतमा सडक कालोपत्रे भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ। सडक ९४५ मिटर कालोपत्रे भएको छ।
आगलागीमा दुई घरसहित धनमाल जलेर नष्ट
पाँचथरको फालेलुङ गाउँपालिका ३ थकेपुङमा आगलागी हुँदा दुईवटा घर जलेका छन् ।