• २५ वैशाख २०८१, मङ्गलबार

तेह्रथुममा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, चार घाइते

blog

पहिरोले पुरिएको घरबाट घाइतेलाई उद्वार गर्ने प्रयासमा प्रहरी र स्थानीय। तस्बिरः नेपाल प्रहरी।

राधा लुइटेल

फिदिम, असार २९ गते। तेह्रथुमको आठराईमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। आठराई गाउँपालिका वडा नम्बर २ खाम्लालुङ्गमा पहिरोले घर पुरिँदा ६३ वर्षीय देवीकुमार थलङको मृत्यु भएको हो। 

पहिरोले पुरेको स्थानबाट उद्वार गरेर उपचारका लागि पाँचथर अस्पताल ल्याउने क्रममा उहाँको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो। ८४ वर्षीया जसमाया खापुङ्ग, ६३ वर्षीय गणेश इस्वो, २८ वर्षीय राजेश थलङ र २५ वर्षीया करिना थलङ घाइते हुनुभएको छ। 

घाइतेमध्ये गणेश इस्वो र राजेश थलङको  जिल्ला अस्पताल पाँचथर फिदिम तथा राजेश र करिनाको प्राथमिक स्वास्थ्य केन्द्र संक्रान्ति बजारमा उपचार भइरहेको छ।   

अविरल वर्षाका कारण शुक्रबार दिउँसो १२ बजे देव थलङको घर पहिरोले पुरिएको थियो।