कालीकोट समाचारदाता
कालीकोट, असार २० गते । गाउँमा बढिरहेको लागुऔषधजन्य वस्तुको प्रयोग र दुर्व्यसन रोक्न सचेतनाको कार्यक्रम गरिन थालेको छ । विद्यालयमा देखा परेको लागुऔषध दुर्व्यसनलाई रोक्नका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका साथै सरकारी वकिल, विभिन्न सङ्घ संस्थाले लागुऔषधविरुद्धको सचेतना कार्यक्रम केन्द्रित गरेका छन् ।
यी कार्यक्रममा विशेष गरेर प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, वकिल र गैरसरकारी संस्थाका प्रतिनिधिले विभिन्न विषयमा जानकारी दिने गरेका छन् । सामाजिक विकास कार्यालय र समुदाय–प्रहरी साझेदारीको सहकार्यमा बुधबार खाँडाचक्र–५, घोडेनास्थित चुलीमालिका माविमा आयोजित लागुऔषध दुव्र्यसनविरुद्ध सचेतनामूलक अभियान सञ्चालन भएको हो ।