• २३ वैशाख २०८१, आइतबार

ताप्लेजुङमा लाखेनाच सुरु

blog

लाखेनाच प्रस्तुत गर्दै नेवार समुदायका युवकहरु । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङमा नेवार समुदायले मनाउने लाखेनाच सुरु भएको छ । शनिबार गठे मङ्गलको अवसर पारेर सदरमुकाम फुङ्लिङमा लाखेनाच सुरु गरिएको हो । 

नेवार समुदायको जातीय संस्था नेपाल भाषा तथा सांस्कृतिक समाजले शनिबार भिन्तुना डाँडामा रहेको भीमसेन मन्दिरमा पूजाआजा गरेर विधिवत् रुपमा लाखेनाच सुरु गरिएको छ ।  

समाजका अध्यक्ष शङ्कर श्रेष्ठका अनुसार संस्कृतिको संरक्षण साथै प्रवर्धन गर्न पनि लाखेनाचलाई निरन्तरता दिँइदै आएको छ । लाखेनाचसँगै नेपाल भाषा तथा सांस्कृतिक समाजमा आबद्ध रहेका महिलाहरुले धिमे बाजा बजाएका थिए ।

सांस्कृतिक बाजा धिमे बाजा संरक्षण र प्रवर्धनका लागि प्रशिक्षण नै सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य नै लाखेनाच भएको समाजले जनाएको छ । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन लगायतको उपस्थितिमा लाखेनाचको शुभारम्भ गरिएको फुङ्लिङ नगरपालिका–५ का वडाध्यक्षसमेत रहनुभएका समाजका अगुवा सोजित श्रेष्ठले जानकारी दिनुभयो ।