फिदिम समाचारदाता
फिदिम, असार २० गते । रोजगारीका क्रममा साउदी अरब पुगेका हिलिहाङ–७ निवासी चन्द्रबहादुर तामाङको २०७० सालमा दुर्घटनामा परी साउदी अरबमै ज्यान गयो । लामो समय बित्दासम्म उहाँका अभिभावक र आफन्तले साउदी अरब सरकारबाट प्राप्त गर्ने सामाजिक सुरक्षा बिमाबापतको रकम प्राप्त गरेका थिएनन् ।
यो वर्ष सुरक्षित आप्रवासन कार्यक्रम (सामी) मार्फत प्रव्रिmया अघि बढाएसँगै उहाँका अभिभावक र हकवालाले ३३ लाख रुपियाँ बराबरकै रकम प्राप्त गरेका छन् । चन्द्रबहादुरकी आमा ठगीमाया तामाङले विदेशमा ज्यान गुमाएका छोराका नाममा सामाजिक सुरक्षा बिमा योजनामार्फत राहत र क्षतिपूर्ति पाइन्छ भन्ने जानकारी नहुँदा आफूहरूले प्रव्रिmया अघि नबढाएको बताउनुभयो । सामी कार्यव्रmमको सहजीकरणमा यत्तिको मोटो रकम प्राप्त गर्दा राहत महसुस भएको ठगीमायाले सुनाउनुभयो ।
हिलिहाङका चन्द्र जस्तै पाँचथर याङवाराक गाउँपालिका–३, ओयामका बिर्खबहादुर योङ्याले २०७६ सालमा सडक दुर्घटनामा परी ज्यान गुमाउनुभयो । उहाँको काजकिरिया सकिएको लामो समयसम्म पहुँचको अभावमा अभिभावक र हकवालाले बर्सौंसम्म सामाजिक सुरक्षा बिमा योजना अन्तर्गत साउदी अरब सरकारबाट प्राप्त हुने क्षतिपूर्ति रकम लिन सक्नुभएको थिएन ।
विसं २०८१ मा सुरक्षित आप्रवासन कार्यव्रmम (सामी) मार्फत प्रव्रिmया अघि बढाएपछि बिर्खबहादुरका अभिभावक र हकवालाले ३३ लाख रुपियाँ क्षतिपूर्ति प्राप्त गरेका छन् । साउदी अरब सरकारको अवधारणा अनुसार अघि बढिरहेको सामाजिक सुरक्षा बिमा योजनामार्फत रोजगारीका लागि विभिन्न देशबाट त्यहाँ पुगेका श्रमिकका अभिभावक र हकवालाले क्षतिपूर्ति पाउने व्यवस्था छ । वृद्ध अवस्थासम्म आमाको नागरिकता बनेको थिएन भने योङहाङ परिवारका सदस्यले राहत र क्षतिपूर्तिका लागि प्रव्रिmया पनि अगाडि बढाउन सकेका थिएनन् ।
सामी कार्यव्रmममार्फत रकम प्राप्त हुने जानकारी पाएसँगै याङवाराक–३ का वडाध्यक्ष विमल राईको पहलमा बिर्खबहादुरकी आमा सुकमायालाई सदरमुकाम ल्याएर नागरिकता बनाइदिएपछि प्रव्रिmया अघि बढाएर यत्तिको ठुलो रकम प्राप्त भएको हो ।
“विसं २००० मा जन्मेकी आमा सुकमायाले नागरिकतासमेत बनाउनुभएको थिएन, पहुँच र जानकारीको अभावमा क्षतिपूर्तिका लागि प्रव्रिmया अघि बढ्न सकेको थिएन । सामी कार्यव्रmममार्फत प्रव्रिmया अघि बढाउँदा मृतकको परिवारले राहत पाउने जानकारी पाएपछि वडा कार्यालयले सहजीकरण गरेको हो,” वडाध्यक्ष राई भन्नुहुन्छ ।
बिर्खबहादुर र चन्द्रबहादुर जस्तै वैदेशिक रोजगारीकै व्रmममा ज्यान गुमाएका फिदिम–६ का डिल्लीकुमार सारूमगर, फिदिम–१० का मोहन जवेगू, फिदिम–१३ का वीरकुमार माङ्मुलगायत ११ जनाका अभिभावक र आफन्तले पछिल्लो एक वर्षयता सामी कार्यव्रmमको सहजीकरणमा राहत र क्षतिपूर्ति प्राप्त गरेका छन् । पछिल्लो एक वर्षको अवधिमा वैदेशिक रोजगारीकै व्रmममा ज्यान गुमाएका ५० जनाको निवेदनसहित राहत र क्षतिपूर्ति माग गर्दै प्रव्रिmया अघि बढाइएकोमा ११ जनाको रकम भुक्तानी भइसकेको तथ्याङ्क छ ।
स्थानीय तह, सामी कार्यव्रmम अन्तर्गतको आप्रवासी स्रोत केन्द्र र साउदीस्थित नेपाली दूतावासको समन्वयमा मृतकका परिवारको निवेदन सङ्कलन, कागजात सङ्कलनलगायतका प्रव्रिmया पूरा गरी दूतावासको संयोजनमा राजदूतलाई समेत भर्चुअल बैठकमा आह्वान गरी समस्या राखेपछि यत्तिका मृतकका परिवारले राहत र क्षतिपूर्ति प्राप्त गरेको पाँचथरस्थित सामी कार्यव्रmमका संयोजक क्षोमाया तामाङले बताउनुभयो । “पछिल्लो एक वर्षमा ११ जनाका अभिभावक र सदस्यहरूको खातामा एक करोड हाराहारीको रकम निकासा भइसकेको छ,” सामी कार्यव्रmमका सहजकर्ता वीरेन्द्र भण्डारीले बताउनुभयो ।
सामी कार्यव्रmमले वैदेशिक रोजगारीका व्रmममा उत्पन्न हुने समस्या समाधानका लागि विभिन्न प्रयास गरिरहेको छ । कार्यव्रmम अन्तर्गत सञ्चालित आप्रवासी स्रोत केन्द्रले सूचना तथा कानुनी परामर्श, फोन फलोअप, मुद्दा दर्ता, पीडित र पीडक पक्षबिचको छलफलपछि मेलमिलाप तथा सिप तालिम र क्षमता विकासका क्षेत्रमा सहजीकरण गरिरहेको छ । सामी कार्यव्रmमले वैदेशिक रोजगारीमा जाने, गएका र उनीहरूका आफन्तसम्म सूचना, न्याय, सीप, वित्तीय साक्षरता र मनोसामाजिक परामर्श गरी पाँच वटा विधामा काम गरिरहेको छ ।