• २० असोज २०८१, आइतबार

कमल खोलाको बाढीले सीमास्तम्भ बगायो

blog

सीमा स्तम्भ हराएको ठाउँ।

विष्णुप्रसाद पोखरेल

दमक, असार ३० गते। झापाको गौरीगन्ज गाउँपालिकामा कमल खोलामा आएको बाढीले नेपाल भारत सीमा क्षेत्रमा रहेको एउटा पिलर अर्थात् सीमा स्तम्भ बगाएको छ। शुक्रबार आएको बाढीले उक्त पिलर बगाएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरीगंज गाउँपालिका वडा नम्बर २ लालमाटीस्थित दशगजामा रहेको १४०/१५ नम्बरको पिलरलाई कमलखोलामा आएको बाढीले बगाएपछि खोजी कार्य भइरहेको छ। ‘‘पिलर बगाएको सूचना पाउनसाथ पिलर खोज्नका लागि प्रहरी परिचालित गरिएको छ’’, रेग्मीले भन्नुभयो।

यसैगरी जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालका अनुसार अबिरल वर्षाको कारण भगौरादह नगरपालिका वडा नम्बर ५ चप्रमारीको डुब्बाटोल डुब्बानमा परेको छ। चन्दु खोला र रतुवा खोलाको बाँध पानीले कटान गरेपछि यहाँका २६ घरधुरीमा पानी पसेर डुबान भएको उहाँले जनाउनु भयो।

२६ घरधुरीमा डुबानमा परे पनि तत्काल स्तान्तरण गर्र्नुपर्ने अवस्थामा नरहेका कारण त्यहाँ निगरानीमा राखिएको प्रहरीले जनाएको छ। पानी सामान्य रुपमा जमेको र पानी घट्ने क्रममा रहेकाले जोखिम नरहेको पाइएको रिजालले बताउनुभयो।