• २० असोज २०८१, आइतबार

वर्षाले विस्थापित परिवार घर फर्किए

blog

झापामा लगातरको बर्षाले भएको डुबान। फाइल तस्बिर

विष्णुप्रसाद पोखरेल

दमक, असार ३० गते। एकसाता अघिदेखि सुरु भएको अविरल वर्षाका कारण विस्थापित बनेका झापाको बाह्रदशी गाँउपालिका वडा नम्बर २ स्थित सुकुम्बासी बस्तीका ४५ घर परिवार पुन घरमा फर्किएका छन्। 

अदुवा खोलामा पानीको बहाव बढेपछि हुनसक्ने जोखिमलाई ध्यान दिएर सुकुम्बासी बस्तीका ४५ परिवार १५० जनालाई स्थानीय मन्दिरमा राखिएको थियो। पानीको वहाव घटेपछि घर फर्काइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ 

ईलाका प्रहरी कार्यालय राजगढ झापाबाट खटिएको प्रहरी टोली र जनप्रतिनिधि, स्थानीयबासीको सहयोगमा सुरक्षित स्थानमा सार्ने क्रममा दक्षिणेश्वर शिवालय मन्दिरमा राखिएकोमा उनीहरु अहिले घर फर्किएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गा रेग्मीले जानकारी दिनुभयो। 

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख रेग्मीका अनुसार खोलाको वहाव घटेसँगै जनजीवन सामान्य बन्न सुरु गरेको छ। वर्षा कम हुने थालेपछि जोखिम कम हुँदै गएको उहाँले जानकारी दिनुभयो। ‘‘झापामा वर्षाका कारण मानवीय र अन्य प्रकारको कही पनि ठूलो क्षति भएको छैन’’, उहाँले भन्नुभयो।