आगलागीमा एकको मृत्यु
घरमा आगलागी हुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ का ३२ वर्षीय मनकुमार नेम्वाङको मृत्यु भएको छ । अपाङ्गताका कारण हात खुट्टा चल्न नसक्ने अवस्थामा उहाँको घरमा आगो सल्केपछि भाग्न नसक्दा जलेर मृत्यु भएको हो ।
रारा गोल्डकपको उपाधि सलहेश पोल्टामा
धनकुटाको राजारानीमा भएको १० औँ गोर्खा रारा गोल्ड कपको उपाधि सिराहाको सलहेश फुटलव क्लबले जितेको छ ।
शरणार्थीद्वारा नेपाली नागरिकता माग
नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो देश लैजान करोडौँ रुपियाँ सङ्कलन गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । यता मोरङको पथरी शनिश्चरे–१० स्थित भुटानी शरणार्थी शिविरका सक्कली शरणार्थी भने नेपाल सरकारले नेपाली नागरिकता दिने विश्वासका साथ शिविरमै बसिरहेका छन् ।
खेलाडीले जितेको पुरस्कार रकमले असक्तलाई खाद्यान्न सहयोग
कनकाई नगरपालिका २ का खेलाडीहरुले वार्डस्तरीय फुटबल प्रतियोगितामा जितेको पुरस्कार रकम असहायलाई खाद्यान्न खरिद गरेर बितरण गरेका छन् ।
इनरुवाको शैक्षिक सुधार गर्न माग
इनरुवा नगरपालिकामा गुणस्तरीय शिक्षाका लागि सरोकारवालाले माग गरेका छन् । नगरको शिक्षा सुधारका लागि २९ बुँदे माग तथा सुझावसहित इनरुवा नगर शैक्षिक सुधार अभियान अन्तर्गत गापनपत्र बुझाएका हुन् ।
पाँचथरका शिक्षा अभियान्ता मिश्रको निधन
पाँचथरको शैक्षिक क्षेत्रका अभियान्ता टङ्कप्रसाद मिश्रको बिहीबार निधन भएको छ । उहाँको ८२ वर्षको उमेरमा फिदिममा निधन भएको हो ।
मातृ भाषा जोगाउन एकीकृत योजना आवश्यक छ : कुलपति राई
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले मुलुकका सबै नागरिकको मातृ भाषा जोगाउन प्रतिष्ठान प्रतिबद्ध रहेको बताउनुभएको छ।
ट्रेड युनियन कांग्रेस ताप्लेजुङ अध्यक्षमा कार्की
नेपाल ट्रेड युनियन कांग्रेस ताप्लेजुङ अध्यक्षमा खगेन्द्रकुमार कार्की सर्वसम्मत चयन हुनुभएको छ ।
उदयपुरगढीको हाडेबास कृषि फार्ममा आगलागी
उदयपुरको मध्यपहाडी क्षेत्रको उदयपुर गढीगाउँपालिका–७ हाडेबासस्थित किसान चोकबहादुर मगरको फार्ममा आज आगलागी हुँदा कृषि फार्मसहित– ४ गोठ र दुई घर गरी सात घर जलेर नष्ट भएको छ ।
गीतकार बलबहादुर परियारको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल
गीतकार तथा पूर्व सैनिक बलबहादुर परियारको क्यान्सरको उपचार गर्न परिवारले आर्थिक सहयोगको गर्न अपिल गरेका छन् ।
भत्काइयो ‘लिम्बुवान गेट’
सदरमुकाम फिदिमको मुख्य लाइनमा अवस्थित मेन गेट भत्काइएको छ । गेट मेची राजमार्गको विस्तारका क्रममा भत्काइएको हो ।
चीनतर्फका नाका नखुल्दा खाद्य सङ्कट
नेपाल र चीनबीच व्यापारिक कारोबार हुने भन्सार नाका खुले पनि जनस्तरमा जीवन गुजारा गर्ने नाका चार वर्षदेखि नखुल्दा स्थानीयको जीवन कष्टकर बनेको छ ।
पेमा युवा क्लबको विजयी सुरुवात
पूर्वी पहाडको प्रतिष्ठित सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १५औ संस्करण बुधबार देखि सुरु भएको छ ।
नक्कली शरणार्थीको अनुसन्धान रोकिनु हुँदैन : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबै व्यक्ति कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज कुरा गर्नुहुँदै नेता कोइरालाले सो कुरा बताउनुभएको हो ।
बजेट उत्पादन र रोजगारी बढाउन केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्ष बजेट उत्पादन बढाउने र रोजगार सिर्जना गर्नेमा केन्द्रित हुने बताउनुभएको छ ।
दमक झडपको ताजा विवरण : १० प्रहरी सहित २२ जना घाइते
कोशी प्रदेश नामकरणको विषयमा असन्तुष्टि जनाउँदै मङ्गलबार साँझ झापाको दमकमा निस्केको राँके जुलुसको क्रममा भएको झडपमा परेर प्रहरी नायव उपरीक्षक मनोजकुमार लामा सहित २२ जना घाइते भएको बताइएको छ ।
पाथीभराको भेटी सात करोड
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सात करोड १० लाख रुपियाँभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरामा भक्तजनले चढाएको र विभिन्न दाताले उपलब्ध गराएको सहयोगसमेत गरी हालसम्म उक्त रकम सङ्कलन भएको हो ।
आँगनमै पानीको पाइप तैपनि सङ्कट
बुढीगङ्गा गाउँपालिका–१, करैया बस्तीका ८२ घरपरिवारको पिँढीमुनि मानगढ खानेपानी आयोजनाको पाइप छ । प्रदेश राजधानी विराटनगरको वडा नम्बर ३, पुष्पलाल चोकदेखि नजिक रहेको बुढीगङ्गाको करैया बस्तीका बासिन्दा भने घोक्रो सुनाएर पानी मागिरहेका छन् ।
दमकमा प्रहरी र प्रर्दशनकारीबीच झडप: केही सुरक्षाकर्मी घाइते
कोशी प्रदेश नामाङ्कनको विषयमा असन्तुष्टि जनाउदै झापाको दमकमा मंगलबार साँझ राँके जुलुस निकाल्ने क्रममा झडप भएको छ। प्रहरी र प्रर्दशनकारीबीच झडप हुँदा एक दर्जन भन्दा बढी घाइते भएका छन्।
गोलियाका कारण सडक दुर्घटनाको जोखिम
ताप्लेजुङमा गोलिया निकासी कार्यले सडक दुर्घटनाको जोखिम बढेको छ । ग्रामीण क्षेत्रका सडकहरुमा अव्यवस्थित रुपमा गोलिया काठ राखेका कारण सडक दुर्घटनाको जोखिम बढेको हो ।
होटलमा युवती झुण्डिएको अवस्थामा फेला
झापा कनकाई नगरपालिका ३ सुरुङ्गाको एक होटलको कोठामा एक २४ वर्षीया युवती झुण्डिएर मृत अवस्थामा फेला परेकी छिन् ।
इनरुवाको विद्यालय अनुगमन जारी, सुधारका लागि आग्रह
जिल्ला सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयको पठनपाठन र शैक्षिक अवस्थाको बारेमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ इनरुवाले आफ्नो अनुगमनलाई निरन्तर जारी राखेको छ ।
गुप्तेश्वर महादेवको संरक्षण गरिँदै
यहाँको रामप्रसादलाई गाउँपालिका –३ भुल्केस्थित गुप्तेश्वर महादेवको संरक्षण थालिएको छ ।
हुलाकी राजमार्गको काम नभएपछि जनप्रतिनिधि रुष्ट
मोरङ जिल्लामा निर्माणाधीन ९६ किलोमिटर हुलाकी राजमार्गको काम नभएको भन्दै स्थानीय तहका जनप्रतिनिधिले असन्तुष्टि पोखेका छन् ।