• ५ जेठ २०८१, शनिबार

मोटरसाइकल दुर्घटना हुँदा कर्मचारीको निधन

blog

राधा लुइँटेल

फिदिम, साउन ९ गते । मेची राजगर्माको फिदिम खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।

फिदिम २ ओर्दिनमा भएको दुर्घटनामा  झापाको बिर्तामोड नगरपालिका ८ घर भई प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयमा कार्यरत २४ वर्षीय युवराज अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार अधिकारी सवार प्रदेश ०१–०३–००१ ब ००१९ नम्बर को मोटरसाइकल मङ्गलवार बिहान २ बजे फिदिम २ ओर्दिनमा दुर्घटना भएको थियो । 

दुर्घटनाका कारण खुल्न सकेको छैन । अधिकारीलाई दुर्घटना स्थलभन्दा १० मिटर तलबाट उद्धार गरेर पाँचथर अस्पतालमा उपचारका लागि ल्याइए लगत्तै डाक्टरले मृत घोषणा गरेका हुन् ।