• ५ जेठ २०८१, शनिबार

पाँचथरमा ट्याक्सी दुर्घटना हुँदा ११ जना घाइते

blog

दुर्घटना भएको ट्याक्सी हेर्दै यात्रु । तस्बिर : राधा लुइटेल

राधा लुइँटेल 

फिदिम, साउन ९ गते । झापाको बिर्तामोडदेखि फिदिमतर्फ आउँदै गरेको ट्याक्सी फिदिम २ सामदिनमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । मे १ ज १९४१ नम्बरको ट्याक्सी सडकदेखि करिब दुई सय मिटर तल झरेको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ । 

दुर्घटनामा परी घाइते भएकाहरुको नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरेका छन् । घाइतेहरुको अहिले पाँचथर अस्पतालमा उपचार भइरहेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरका सूचना अधिकारी प्रहरी निरिक्षक दिवस कुँवरले जानकारी दिनुभयो ।