• २० असोज २०८१, आइतबार

पाँचथर दुर्घटनाका मृतकको पहिचान खुल्यो

blog

पाँचथर दुर्घटनाका घाइतेलाई उद्धारका लागि पुगेका सुरक्षाकर्मी । तस्बिर : राधा लुइँटेल

राधा लुइटेल

फिदिम, साउन ९ गते । मेची राजमार्गको पाँचथर खण्डमा मङ्गलबार सवारी बोलेरो जिप (ट्याक्सी) दुर्घटना हुँदा निधन भएका यात्रुको पहिचान खुलेको छ । 

ज्यान गुमाउनेमा ताप्लेजुङ जिल्लाको मैयाखोला गाउँपालिका १ ढुङ्गेसाँघुका ४५ वर्षीय जितेन्द्रमणिविक्रम वनेम रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी दिवस कुँवरले जानकारी दिनुभयो ।

झापाको बिर्तामोडदेखि ताप्लेजुङ जाँदै गरेको  मे १ ज १९४१ नम्बरको जिप दिउँसो एक बजे फिदिम नगरपालिका २ सामदिनमा दुर्घटनामा परेको थियो । 

दुर्घटनामा घाइते हुनुभएका ताप्लेजुङकी ४० वर्षीया सविना विश्वकर्मा र काठमाडौँ  बल्खुकी मिना लिम्बूको अवस्था गम्भीर छ । उनीहरूसहित ८ जनालाई पाँचथर अस्पतालमा उपचार सम्भव नभएर झापातर्फ पठाइएको छ ।

अन्य ५ जनाको पाँचथर अस्पतालमै उपचार भइरहेको छ । गाडी सडकदेखि दुई सय मिटर तल खसेको छ । ओरालो बाटोमा ब्रेक नलागेर गाडी भीरतिर पसेको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस

पाँचथरमा ट्याक्सी दुर्घटना हुँदा ११ जना घाइते

पाँचथर दुर्घटना अपडेट : उपचारको क्रममा एक जनाको मृत्यु