• १४ मंसिर २०८१, शुक्रबार

पाँचथर दुर्घटना अपडेट : उपचारको क्रममा एक जनाको मृत्यु

blog

पाँचथर जिल्ला अस्पतालमा घाइतेको उपचार हुँदै। तस्बिरः राधा लुइँटेल

राधा लुइँटेल

फिदिम, साउन ९ गते। मेची राजमार्गको इलाम फिदिम सडकखण्ड अन्तर्गत पाँचथरको फिदिम नगरपालिका–२ सामदिनमा ट्याक्सी (बोलेरो) दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ। 

पाँचथर अस्पतालमा उपचारका क्रममा एक जना युवकको मृत्यु भएको हो। मृतकको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाले जानकारी दिनुभयो।

थापाका अनुसार दुर्घटनामा घाइते हुनेको सङ्ख्या १३ पुगेको छ। दुर्घटनामा घाइते १३ मध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पाँचथर अस्पतालबाट झापा रेफर गरिएको छ। 

फिदिम १० की सबिना विश्वकर्मा र काठमाडौँ बल्खुकी मिना लिम्बूको अवस्था गम्भीर भएकाले थप उपचारका लागि झापा पठाइएको प्रहरीले जनाएको छ। 

झापाको बिर्तामोडदेखि पाँचथरको फिदिम आउँदै गरेको मे १ ज १९४१ नम्बरको ट्याक्सी मङ्गलबार साढे १२ बजे फिदिम नगरपालिका २ सामदिनमा घुम्ती नजिकै दुर्घटना भएको हो। 

यो पनि पढ्नुहोस

पाँचथरमा ट्याक्सी दुर्घटना हुँदा ११ जना घाइते