• ८ जेठ २०८१, मङ्गलबार

दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुग्यो

blog

मेची राजमार्गको फिदिम खण्ड अन्तर्गत फिदिम २ सामदिनमा दुर्घटनामा परेका बिरामीको पाँचथर अस्पतालमा उपचार गरिँदै । तस्बिर: राधा लुइँटेल

राधा लुइँटेल

फिदिम, साउन ११ गते । मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गत फिदिम नगरपालिका २ साम दिनमा मङ्गलवार भएको ट्याक्सी दुर्घटनामा निधन भएका यात्रुको सङ्ख्या तीन पुगेको छ ।

पछिल्लो पटक ताप्लेजुङ मिक्वाखोला ५ पापुङकी इसेटिमा सेर्पाको निधन भएसँगै यो सङ्ख्या बढेको हो । झापास्थित बी एण्ड सी अस्पतालको आइसियुमा उपचाररत उनलाई चिकित्सकले बिहीबार बिहान २ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलनजङ्ग थापाले बताउनुभयो ।

उक्त दुर्घटनामा परेका फिदिम नगरपालिका १० की ४० वर्षीय सबिना विश्वकर्मा र ताप्लेजुङको मैवाखोला १ ढुङ्गेसाँगुका ४५ वर्षीय जितेन्द्रमणि विक्रम वनेमको निधन भएको थियो ।

झापादेखि फिदिम आउँदै गरेको मे १ ज १९४१ नम्बरको ट्याक्सी मेची राजमार्गको फिदिम खण्ड अन्तर्गत फिदिम २ साम दिनमा दुर्घटना सबिना र जितेन्द्रसँगै १५ जना घाइते भएका थिए । घाइते भएका काठमाडौँ बल्खु घर भएकी मिना लिम्बूको अवस्था गम्भीर छ । उनको बी एण्ड सी टिचिङ अस्पताल बिर्तामोड, ५ जनाको बिर्ता सिटी अस्पताल र ८ जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।