• ८ जेठ २०८१, मङ्गलबार

मोटरसाइकल दुर्घटनामा एकको ज्यान गयो

blog

राधा लुइटेल

फिदिम, साउन ११ गते । तेह्रथुमको आठराई गाउँपालिका –६, चुहानडाँडामा मोटरसाइकल दुर्घटनामा परी एक जना युवकको निधन भएको छ ।निधन हुनेमा आठराई गाउँपालिका –३, ह्वाकुका ३० वर्षीय नवीन थिङलाबु रहेको इलाका प्रहरी कार्यालय चुहानडाँडाले जनाएको छ ।

आठराई गाउँपालिका केन्द्र सङ्क्रान्ति बजारदेखि पाँचथरको फिदिम आउँदैगरेको बा ६८ प ५८३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा थिङलाबुको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ । 

दुर्घटनामा सोही मोटरसाइकलमा सवार धरान –१५ सुनसरी निवासी ४० वर्षीय सुरेन राई घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि पाँचथर अस्पताल ल्याइएको छ ।